काठमाडौं । यामाहाले नेपाल ल्याएको नयाँ मोडल एफजेड-एक्स १५० आजबाट काठमाडौंको भृकुटीमण्डपमा शोकेस भएको छ । कम्पनीले लामो समयदेखि नेपाली सडकमा परिक्षण पश्चात बजारमा उतारेको रेट्रो डिजाइन मोटरसाइकल धेरै युवाको छनोटमा पर्ने पक्का छ ।
यामाहाले नेपाली बजारमा विक्री गर्दै आएका रेगुलर मोटरसाइकल भन्दा भिन्न डिजाइन भएकै कारण यसको चर्चा चुलिएको हो । मोर्डन रेट्रो लुक्स र आधुनिक फिचर लोडेड यो मोटरसाइकलले राम्रो ब्यापार गर्ने अपेक्षा गर्न सकिन्छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लूले नेपालमा सार्वजनकि गरेको एफजेड–एक्स मोटरसाइकल ग्राहकको रोजाईमा पर्न सक्ने ४ कारण हामीले यहाँ उल्लेख गरेका छौं ।
डिजाइन
ग्राहकले सधैँ नयाँ उत्पादन खोज्ने र रुचाउने गरेको पाइन्छ । यामाहाको रेट्रो डिजाइन नेपालको लागि विल्कुलै नौलो हो । यसअघि नेपाल आएका फरक डिजाइनका आर १५ र एमटी १५ को सफलता हामी सबैलाई याद छ ।

यामाहाले रेट्रो डिजाइनमा इन्ट्री लेवल मोटरसाइकल बजारमा ल्याएको कारण यसले पनि राम्रै सफलता पाउने अनुमान गर्न सकिन्छ । रेट्रो डिजाइनसँगै आधुनिक फिचरका कारण यो मोटरसाइकल ग्राहकको रोजाईमा पर्ने देखिन्छ ।
ग्राहकमैत्री बजेट
यामाहाका मोटरसाइकलहरु एकदमै ग्राहकमैत्री हुने ग्राहकको बुझाई रहेको पाइन्छ । रेट्रो डिजाइनमा रहेको यो मोटरसाइकलको मूल्य ४ लाख २७ हजार रुपैयाँ तोकिएको छ । यो मूल्यलाई आकर्षक नै मान्न सकिन्छ ।

अहिले अधिकांश १२५ सीसीका मोटरसाइकलको मूल्य नै ३ लाख पुग्न लागिसकेको अवस्था छ । त्यसमा पनि फरक डिजाइनको साथ बजारमा आएको उच्च माइलेज दिने एफजेड-एक्सलाई बजेटमैत्री मोटरसाइकल मान्न सकिन्छ ।
विश्वसनियता
यामाहाको सर्वाधिक सफल मोटरसाइकल एफजेड सिरिज हो । यामाहाले नेपाली बजारमा सबैभन्दा धेरै विक्री गर्ने मोटरसाइकल नै एफजेड सिरिज रहेको र त्यसबाटै प्रेरित रहेर उत्पादन भएको कारण यसको विश्वसनियता धेरै हुन्छ ।
सहज सर्भिस र पार्टस् उपलब्ध हुने, चर्चित र सफल इन्जिनको प्रयोग, एफआई टेक्नोलोजीमा अग्रणी रहेका कारण यसलाई चाहने ग्राहक धेरै हुने अनुमान गर्न सकिन्छ ।

टेक्नोलोजी
झट्ट हेर्दा वर्ल्ड स्कुल मोटरसाइकल जस्तो देखिने यामाहा एफजेडएक्स १५० रेट्रो डिजाइनका साथै नयाँ टेक्नोलोजीमा आधारित मोडल हो । स्मार्ट कनेन्ट फिचर उपलब्ध यो मोडलमा धेरै कुराको सूचना सहजै पाउन सकिन्छ ।
ग्राहकले स्मार्ट कनेक्ट फिचरको प्रयोगले मोटरसाइकल विभिन्न अवस्थाको जानकारि आफ्नो मोवाइलमा प्राप्त गर्न सक्नेछन् । त्यस्तै यसमा एबीएस, एलइडी लाइट, इन्जिन कट स्ट्याण्ड सेन्सर जस्ता फिचर पाउन सकिन्छ ।


