काठमाडौं । भारत सरकारले दुई पाङ्ग्रे सवारीसाधन तत्काल लन्च गर्न रोक लगाएको छ । सरकारले पछिल्लो समयमा एकपछि अर्को विद्युतीय सवारीसाधनमा आगलागीका घटना बाहिर आएसँगै नयाँ प्रोडक्ट ल्याउन रोक लगाइएको हो ।
भारतीय परिवहन एबं राजमार्ग मन्त्रालयका अधिकारी र इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन उत्पादक बीच भएको छलफलपछि सरकारले यसअघि भएका दुर्घटनाको कारण पत्ता लगाएर त्यसको समाधान नभएसम्म नयाँ साधन ल्याउन रोक लगाएको हो ।
अहिले सरकारी अधिकारीहरुले मौखिकरुपमा नयाँ उत्पादन नल्याउन बताइएको जनाएका छन् । साथै, उत्पादकहरुले आफुहरु घटानाको जाँचबुझमा लागि रहेको जनाएका थिए ।
अहिलेसम्म भारतमा करिब ७ हजार दुई पाङ्ग्रे साधन रिकल भएका छन् । ओला, ओकिनवा र प्योर इभीले यो संख्यामा सवारीसाधन फिर्ता मगाएका हुन् । सरकारी अधिकारीहरुले समस्या समाधान नगरेसम्म नयाँ साधन लन्च गरे कानुनी कारवाही गर्ने चेतावनी दिएका छन् ।


