होन्डाका मोटरसाइकलमा ९ हजारसम्मले बढ्यो मूल्य (सूचीसहित)

काठमाडौं । होन्डा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजननिक भएको छ । नयाँ मूल्यसूची अनुसार धेरैजसो मोडलको मूल्य वृद्धि भएको हो ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेसँगै होन्डाका साना स्कुटर तथा मोटरसाइकलको मूल्य बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार स्कुटर र मोटरसाइकलको मूल्य ४ हजारदेखि ९ हजार रुपैयाँसम्मले बढेको छ । सबैभन्दा धेरै मूल्य वृद्धि भएका मोडलमा एक्सब्लेड, युनिकर्न र साइन सिरिज छन् । साइनको चारवटै भेरियन्ट, यूनिकर्न र एक्सब्लडको मूल्य ९ हजार रुपैयाँले बढेको हो ।

स्कुटरतर्फ डिओ र एक्टीभाको मूल्य ८ हजार रुपैयाँले वृद्धि भएको छ । साना मोटरसाइकल तथा स्कुटरको मूल्य बढेपनि विग बाइक सेग्मेन्टमा भने मूल्य यथावत राखिएको छ ।

यस्तो छ नयाँ मूल्यसूची


Back_to_top