भारतमै बिक्छ १ करोड ३६ लाख रुपैयाँको बाइक, यी हुन् महङ्गा १० मोडल

मोटरसाइकलप्रति युवापुस्ताको आकर्षण स्वभाविक मानिन्छ । शौख, प्रतिष्ठा तथा आवश्यकताअनुरुप आधुनिक विशेषता बोकेका मोटरसाइकल चढ्ने प्रतिस्पर्धा नै चलेको छ ।

कम्पनीहरूले पनि ग्राहकको क्षमता, आवश्यकता र मागअनुसार महङ्गा र सस्तो बाइक निर्माण गर्दैआएका छन् । भारतीयमा बजारमा पाइने सबैभन्दा महङ्गा बाइकको सूची यस्तो छ । 

बीएमडब्ल्यू एचपी–४ रेस 


बीएमडब्ल्यू मोटराइडले बीएमडब्ल्यू एचपी–४ रेस हालै सार्वजनिक गरेको हो । यो भारतमा बिक्री हुने सबैभन्दा महङ्गो बाइकअन्तर्गत पर्छ । मेनफ्रेम कार्बन फाइबरले निर्माण गरिएको यो बाइकको तौल २०८ किलोग्राम रहेको छ । 

विशेषतः यसको प्रयोग रेसिङ्ग ट्रयाकका लागि गर्ने गरिन्छ । यसलाई सडकमा चलाउनका लागि अनुमति दिइएको छैन । यसको मूल्य ८५ लाख रुपैयाँ भारतीय निर्धारण गरिएको छ । 

यसमा एचपी ४ रेसमा रेसिङ्ग इञ्जिन लगाएको छ, जसले १३ हजार ९ सय आरपीएममा २१३ हर्षपावरका साथै, १० हजार आरपीएममा १२० न्यूटन टर्क उत्पादन गर्छ । 

कावासाकी निन्जा एच–२ आर 


यो बाइक भारतमा बिक्री–वितरण हुने दोस्रो महङ्गो बाइक हो । यसको मूल्य ६९ लाख ८० हजार भारतीय रुपैयाँ रहेको छ । यसमा ९९८ सीसी सुपरचाज्र्ड इञ्जिन दिइएको छ । 

डुकाटी पेनिगल १२९९ फाइल एडिसन


डुकाटी पेनिगल १२९९ फाइल एडिसनको मूल्य ५१ लाख ८२ हजार भारतीय रुपैयाँ रहेको छ । तीन रङ्ग पेन्ट स्किममा उत्पादन गरिएको यो मोटरसाइकलमा रातो कलरको टायर लगाइएको छ । यसमा लगाइएको इञ्जिनले २०९ बीएचपी पावरकासाथ १४२ न्यूटन मिटर टर्क उत्पादन गर्छ । 

हार्ले डेभिसन सीबीओ


हार्ले डेबिसनको बजार मूल्य ४९ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ । भारतीय बजारमा पाइने सबैभन्दा महङ्गो मोटरसाइकलअन्तर्गत चौथो स्थानमा परेको छ । यसमा पावरपूmल १९२३ सीसी इञ्जिन दिइएको छ । बाइकमा हिटेड ग्रिप्स हिडेट सिट, अडियो सिस्टम, ब्लूटुथ हेडलाइट्स, किलेस लकिङ्ग र अनलकिङ्ग फिचर्स दिइएको छ ।

इन्डियन रोडमास्टर 


इन्डियन मोटरसाइकलको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा टचस्क्रिन कमान्ड, इलेक्ट्रीक फ्रन्टस्क्रिन, अजस्टेबल पूmटबोर्डस्, किलेस इग्निसन हिटेड ग्रिप्स र हिडेड सिट लगाइएको छ । 

कावासाकी निन्जा एच–२ कार्बन


यो बाइकको मूल्य ३९ लाख ८० हजार भारतीय रुपैयाँ रहेको छ । यसको इञ्जिनले २१५ हर्षपावर उत्पादन गर्छ । भारतको सबैभन्दा महङ्गो मोटरसाइकलको छैठौँ स्थानमा परेको छ । 

कावासाकी निन्जा एच–२ 


कावासाकी एच–२ सातौँ महङ्गो मोटरसाइकलअन्तर्गत परेको छ । यसको मूल्य ३३ लाख ३० हजार रुपैयाँ रहेको छ । निन्जा एच–२ मा सुपरचाज्र्ड ९९८ सीसी इञ्जिन दिइएको छ । यसले २१० हर्षपावरका साथै १३३.५ न्यूटन टर्क उत्पादन गर्छ । 

हार्ली डेभिसन रोड ग्लाइस स्पेशल


हार्ले डेभिसनको मूल्य ३२ लाख ९९ हजार रहेको छ । हार्लेमा सबैभन्दा महङ्गो त्रूmजरको प्रयोग गरिएको छ । यसमा १७४५ सीसी इञ्जिन लगाइएको छ । यसमा ६.५ इञ्च इन्फोनेन्टमेन्ट सिस्टमकासाथै ब्ल्यूटुथ कनेक्टिभीलगायतका हाइटेक विशेषता दिइएको छ । 

२०१८ होन्डा गोल्ड विङ्ग टुअर 


२०१८ होन्डा गोल्ड विङ्ग टुअरको मूल्य २८ लाख ४९ हजार ९ सय ७५ भारतीय रुपैयाँ रहेको छ । गोल्ड विंग्समा ७ स्पीड अटोमेटिक गियरबक्स किलेस इग्निशन, ७.० इञ्च टीएफटी डिस्प्ले, एप्पल कारप्ले इलेक्ट्रीक स्क्रीन, हिटेक ग्रिप्स र सिटलगायतका विशेषता दिइएको छ । 

बीएमडब्ल्यू के–१६०० जीटीएल


बीएमडब्ल्यू के–१६०० जीटीएल बाइकको मूल्य २८ लाख ३० हजार रुपैयाँ रहेको छ । यसमा जेनान हेडलाइट्स, इलेक्ट्रीक स्क्रिन अडियो सिस्टम, हिटेक सिट तथा ग्रिप्स, किलेस इग्नीसन, क्विकसिफ्ट, अड्याप्टिब हेडलाइट्स, हिल स्टार्ट कन्ट्रोल आदि विशेषता दिइएको छ ।


Back_to_top