जीप र्‍याङलर ‘टु-डोर’ वा ‘फोर-डोर’ मध्ये कुन किन्दा ठिक ?

काठमाडौं । जीपको आइकनिक र्‍याङलर दशकौंदेखि खराब बाटाहरुमा उत्कृष्ट पर्फमेन्सको लागि संसारभर परिचित छ । यो जीप कुनै पनि भौगोलिक बनोटलाई चुनौती दिने क्षमताको छ, चाहे त्यो ग्रयाभेल होस्, या माटो, या बालुवा, हिउँ वा चट्टान ।

हरेक र्‍याङलरमा जीपको ट्रेल रेटेड ब्याज हुन्छ, जसलाई हासिल गर्न जीपको जुनसुकै मोडेलले कठोर अवरोध र मौसमको चुनौतीलाई पार गर्नुपर्छ । अमेरिकाको रुबिकन भ्यालीमा रहेको खराब ट्रेललाई छिचोलेपछि मात्र यो ब्याज जीपको कुनै मोडेलले पाउँछ ।

जीप र्‍याङलर ‘टु-डोर र फोर-डोर’मा आउँछ यसलाई क्रमसः र्‍याङलर र र्‍याङलर अनलिमिटेड नामले चिनिन्छ । यी दुई अफरोडर मध्ये कुन चाहिँ आफूलाई उचित होला भन्ने द्विविधा हुनसक्छ ।

झट्ट हेर्दा जीप र्‍याङलर ‘टु-डोर’ र ‘फोर-डोर’ बीचको भिन्नता क्याबिनको आकार मात्र लाग्ला । तर कुरा त्यति मात्र होइन । जीपको ‘आइकनिक अफरोडर’को यो दुई भेरियन्टबीच तात्विक भिन्नता धेरै छन् ।

आकारमा भिन्नता

‘मेकानिकल्ली’ जीप र्‍याङलरको दुवै भर्सन उस्तै भए पनि संरचनामा भने भिन्नता छ । ‘फोर-डोर’को ह्वील बेस ‘टु-डोर’को भन्दा करिब ५०८ एमएम लामो छ । यसले गर्दा रियर पेसेन्जरको ‘पोजिसन’ ‘रियर एक्सल’ र ‘ह्वील हम्प’भन्दा अगाडि पर्न आउँछ ।

त्यसैगरी, दुवै जीपको उचाई र चौडाई एउटै छ । तथापी ‘फोर-डोर’ को वजन ‘टु-डोर’ भन्दा करिब ९० केजी बढी हुन्छ, जसले गर्दा ‘सस्पेन्सन’ अलि फरक हुन्छ । बढेको वजनलाई धान्न ‘फोर-डोर’मा ‘हायर रेट स्प्रिङ’को प्रयोग गरिएको हुन्छ । यसबाहेक दुवै जीप संरचनागत रुपमा समान छन् । तर, थप लम्बाई र वजनले ‘फोर-डोर’ रेंग्लरमा महत्वपूर्ण भूमिका खेल्छ ।

‘टर्निंग रेडियस’

र्‍याङलर ‘टु-डोर’ र ‘फोर-डोर’ मध्ये कुन छान्ने भन्ने निर्णय गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा ‘अफरोड पर्फर्मेन्स’ हो जसलाई धेरै तत्वले निर्धारण गर्छ ।

‘टु-डोर’को छोटो ‘ह्वील बेस’का कारण यसको ‘टर्निंग रेडियस’ ५.४० मिटर हुन्छ भने ‘फोर-डोर’को ‘टर्निंग रेडियस’ ६.२० मिटर हुन्छ । ‘एक्सट्रिम अफरोडिङ्ग’का लागि छोटो ‘ह्वीलबेस’ उचित मानिन्छ । ‘शार्प एंगल ट्रेल’मा ‘टु-डोर’ उपयुक्त हुन्छ ।

‘ब्रेक ओभर एंगल’

छोटो ‘ह्वील बेस’का कारण ‘टु-डोर’को अर्को फाइदा भनेको ‘ब्रेक ओभर एंगल’ हो । भिरालो पहाड वा अवरोधबाट निस्कँदाको विन्दुलाई ‘ब्रेक ओभर एंगल’ भनिन्छ । यदि यो कोण सानो भयो भने लामो ‘ह्वीलबेस’ले गर्दा गाडीको मध्य तल्लो भागले भूइँमा छुन्छ । त्यसैले पनि ‘अफरोडिंग’मा ‘फोर-डोर’ अड्किन सक्छ किनभने भिरालोबाट निस्कँदा अगाडि र पछाडिको दुवै पाङ्ग्राहरुले भूइँ छोड्छ ।

त्यसैले, अफरोडिंगमा ‘टु-डोर’ ‘फोर-डोर’ भन्दा उपयुक्त मानिन्छ । तथापि, उकालो चढ्दा भने लामो ‘ह्विलबेस र एडिस्नल वेट’ले गर्दा ‘फोर-डोर’ बढी स्थिर रहन मद्दत गर्छ ।

‘अफरोड पर्फर्मेन्स’

‘अफरोड पर्फर्मेन्स’को तुलना गर्दा भने तपाईंले धेरै कुरा ख्याल गर्नु पर्छ । साँघुरो, चट्टानी र चुनौतीपूर्ण ट्रेलमा ‘टु-डोर’ बढी क्षमतावान हुन्छ । तर, तपाईं भिरालो र खुल्ला स्थानमा ‘ओभरल्यान्ड’ खालको अफरोडिंग’ गर्नु हुन्छ, र्‍याङलर ‘फोर-डोर’ उचित विकल्प हुनेछ ।

‘अनरोड पर्फर्मेन्स र कम्फर्ट’

अहिलेसम्म र्‍याङलर ‘टु-डोर’ राम्रो विकल्प देखिन्छ तर, ‘अनरोड पर्फर्मेन्स’ क्षमता पनि महत्वपूर्ण हुन्छ र यसमा भने ‘फोर-डोर’ राम्रो हुन्छ । लामो र वजनदार ह्वीलबेसले ‘फोर-डोर’ लाई सडकमा बढी स्थिर राख्छ । साथै, यसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ र आरामदायी पनि छ । माइलेज चाहिँ ‘फोर-डोर’ ले भन्दा ‘टु-डोर’ ले राम्रो दिन्छ ।

पेसेन्जरको आराममा पनि ‘फोर-डोर’ उत्कृष्ट हुन्छ । ‘टु-डोर’ र्‍याङलरको ‘रियर सिट’ मा जान अगाडिका यात्रीले आफ्नो सिट झुकाइदिनु पर्छ । यसको रियर सिटमा दुई जना मज्जाले बस्न सक्छन् भने ‘फोर-डोर’ को रियर सिटमा तीन जना आरामले यात्रा गर्न सक्छन् । ‘टु-डोर’को ‘कार्गो स्पेस’ कम छ । ‘फोर-डोर’मा भने पर्याप्त स्पेस छ ।

‘टु-डोर’ वा ‘फोर-डोर’ ?

यसको जवाफ चालककाे उपयाेगितामा भर पर्छ । विशेषतः जीप केका लागि प्रयोग गरिन्छ ? त्यसैमा यसको जवाफ छ । अफरोड क्षमतामा ‘टु-डोर’ र्‍याङलर अब्बल ठहरिन्छ । यसको टप र डोर निकाल्दा यो एकदमै ‘एग्रेसिभ’ देखिन्छ ।

अनरोडमा भने ‘फोर-डोर’ बढी आरामदायी र नियन्त्रित देखिन्छ । ‘टु-डोर’ले थोरै मात्र ‘पार्किंग स्पेस’ ओगट्छ किनभने यसको ‘टर्निंग रेडियस’ कम छ । तर ‘फोर-डोर’ मा धेरै लगेज राख्न सकिन्छ ।

यदि  केटाकेटी सहितको परिवार छ भने ‘फोर-डोर’  उपयुक्त हुनसक्छ । तर  ‘विकेन्ड’ मा पहाड र जंगलमा जान रुचाउनेलाई भने ‘टु-डोर’ राम्रो विकल्प हुन्छ । चालककाे आवश्यकता र उद्देश्य अनुसार र्‍याङलर ‘टु-डोर’ वा ‘फोर-डोर’ जुनसुकै छानेता पनि सबैभन्दा बढी क्षमतावान खाँटी एसयूभी रोजेको मानिन्छ ।

नेपालमा एमएडब्लू लाइफले ‘टु-डोर’मा र्‍याङलरको रुबिकन भेरियन्ट मात्र बिक्री गर्दै आएको छ भने ‘फोर-डोर’ मा सहारा र रुबिकन गरी दुई भेरियन्ट उपलब्द रहेकाे छ । र्‍याङलर रुबिकन ‘टु-डोर’को मूल्य दुई करोड ८९ लाख रुपैयाँ रहेको छ । साथै, र्‍याङलर रुबिकन ‘फोर-डोर’ को मूल्य दुई करोड ९९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, र्‍याङलर सहारा ‘फोर-डोर’ को मूल्य दुई करोड ८८ लाख रुपैयाँ रहेको छ ।

‘टु-डोर’ र ‘फोर-डोर’ दुवै मोडलमा २.० लिटर क्षमताको इन्जिन छ भने ८ स्पिड अटोमेटिक गियरबक्स यसमा पाउन सकिन्छ । यी दुबै मोडल पेट्रोल इन्जिनमा मात्र आउँछन् ।

 


Back_to_top