काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा कर वृद्धि गरेसँगै मूल्यपनि बढ्न थालेको छ । त्यसमा पनि २५० सीसीभन्दा माथिका मोटरसाइकलमा धेरै मूल्य बढ्ने देखिन्छ ।
हाल नेपाली बजारमा २५० सीसीमा झन्डै १ दर्जन मोटरसाइकल विक्री हुँदै आएका छन् । बजेटले वृद्धि गरेको भन्सार दरका कारण २५० सीसी माथिका मोटरसाइकलमा मूल्य वृद्धि हुने निश्चित नै छ । केही कम्पनीले २५० सीसी मोटरसाइकलमा मूल्य वृद्धि गरिसकेका छन् । केटीएम २५० ड्यूकमा एकै पटक ८० हजार रुपैयाँ वृद्धि भएको छ ।
नेपालमा २५० सीसी क्षमताका मोटरसाइकल विशेषगरी युवापुस्ताको रोजाईमा पर्ने गरेको छ । अहिले बजारमा विक्री हुँदै आएका ८ मोटरसाइकलको इन्जिन क्षमता, पावर र मूल्यको विषयमा यहाँ जानकारी दिएका छौं ।
यामाहा एफजेड २५
यामाहाले विक्री गर्ने २४९ सीसी क्षमताको इन्जिन उपलब्ध एफजेड–२५ को मूल्य ४ लाख लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । हालसम्म यो मोटरसाइकलको मूल्य वृद्धि गरिएको छैन ।

यो मोटरसाइकलमा २४९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा अधिकतम २०.८ पीएस पावर तथा ६००० आरपीएममा २०।१ एनएम टर्क जेनेरेट गर्छ ।
सीएफ मोटो २५० एनके
चिनियाँ ब्राण्ड सिएफ मोटोले विक्री गर्दै आएको २५० सीसी क्षमताको यो मोटरसाइकलको मूल्य ५ लाख ६५ हजार ५०० रुपैयाँ रहेको छ । यो मोटरसाइकलको मूल्य हालसम्म परिर्वत भएको छैन ।

यसमा रहेको २५० सीसीको इन्जिनले ९००० आरपीएममा अधिकतम २७ बीएच पावर र ७५०० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ ।
केटीएम २५० ड्यूक
चर्चित अष्ट्रीयन ब्राण्ड केटीएमले ड्यूक २५० नेपालमा विक्री गर्दै आएको छ । ड्यूक २५० को मूल्य ७ लाख ४ हजार ९०० रुपैयाँ रहेको छ थियो । कम्पनीले हालैमात्र यो मोटरसायकलमा ८० हजार रुपैयाँ मूल्य वृद्धि गरेको यसको मूल्य ७ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ ।

यो मोटरसाइकलमा २४८.८ सीसी लिक्विड कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ९००० आरपीएममा २९।५८ बीएच पावर र ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ ।
होन्डा सीबीआर-२५० आर
होन्डाको चर्चित मोटरसाइकल सीबीआर २५० आर नेपालमा विक्री हुँदै आएको मोटरसाइकल हो । होन्डाले विग बाइक सेग्मेन्टमा विक्री गर्ने यो मोटरसाइकलमा २४९.६ सीसी क्षमता इन्जिन रहेको छ । उक्त इन्जिनले ८५०० आरपीएममा अधिकतम २६.१५ बीएच पावर र ७००० आरपीएममा २२.९ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ६ लाख ७९ हजार ९०० सय रुपैयाँ रहेको छ ।

यो मोटरसाइकलको मूल्यमा हालसम्म कुनै परिर्वतन गरिएको छैन ।
बजाज डोमिनार २५०
बजाज डोमिनार २५० नेपालमा विक्री हुँदै आएको छ । यसमा २४८..८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा अधिकतम २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

यसको मूल्य ४७ हजार रुपैयाँ वृद्धि भएको छ । यसअघि ५ लाख २० हजार ९०० रुपैयाँ रहेको थियो भने हाल यसको मूल्य ५ लाख ६७ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
जिक्सर-२५०
सुजुकीको जिक्सर-२५० पावरफुल मोटरसाइकल हो । कम्पनीले यसमा २४९ सीसी ४ स्ट्रोक सिगंल सिलिन्डर एसओएचसी एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले ९००० आरपीएममा अधिकतम २६ बीएच पावर तथा ७००० आरपीएममा २२.६ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पीडको गियरबक्स रहेको छ ।

यो मोटरसाइकलको मूल्य ४ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ । यो मोटरसाइकलको मूल्य हालसम्म परिर्वतन गरिएको छैन ।
हस्कभर्ना स्भर्टपिलेन-२५०
हस्कभर्ना स्भर्टपिलेन-२५०मा २५० सीसीको फ्यूल इन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल सिलिन्डर, ४ स्ट्रोक डीओएचसी इन्जिन रहेको छ । यसको इन्जिनले ९००० आरपीएममा अधिकतम २९।५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।

हस्कभर्ना स्भर्टपिलेन २५० को मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ । यसको मूल्य हालसम्म वृद्धि गरिएको छैन ।
केटीएम २५० एड्भेन्चर

केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा अधिकतम २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यसको मूल्य ८ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ भने हालसम्म यसको मूल्य वृद्धि गरिएको छैन ।

