काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ‘बिग ड्याडी अफ एसयूभी’ नारासहित बजारमा ल्याउन लागेको ‘नयाँ जेनेरेशन स्कर्पियो एन’को इन्टेरियर तस्विर सार्वजनिक भएको छ । कम्पनीले नयाँ मोडलको ड्यासबोर्ड सहितको फ्रन्ट सिटको तस्विर सार्वजनिक गरेको हो ।
महिन्द्राले आगामी २७ तारिखमा बजारमा ल्याउने यो नयाँ मोडल निकै चर्चामा रहेको छ । महिन्द्राले रेगुलर स्कर्पियो मोडलको तुलनामा यसमा धेरै परिमार्जन गरेको छ । कम्पनीले यसको इन्टेरियर धेरै हदसम्म टोयोटा ल्याण्ड क्रुजर एलसी २०० बाट प्रभावित भएर तयार गरेको हो ।
दुई कलरले सजिएको ड्यासबोर्ड, टप भेरियन्टमा दिइएको लेदर सिट, स्टेरिङ, डोर ह्याण्डल, एसी भेन्टर र सेन्टर कन्सोलमा दिइएको सिल्भर कलर क्रोमले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिएको छ । साथै सिटको कलरसँग म्याच गराएर ड्यासबोडमा पनि लेदर फिनिसिङ दिइएको छ ।

इन्फोटेन्टमेन्ट सिस्टमको दायाँ र वाँया नै एसी भेन्ट दिइएको छ । कम्पनीले नयाँ स्कर्पियो एनमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । यसमा सोनीको थ्रीडी साउन्ड सिस्टम पाउन सकिन्छ ।
निकै प्रतिक्षा गरिएको स्कर्पियो एन मोडल २.० लिटर पेट्रोल इन्जिनमा पनि आउने भएको कारण धेरै पेट्रोल गाडी चाहनेको लागि यो उत्कृष्ट र भ्यालु फर मनी मोडल सावित हुने अनुमान गर्न सकिन्छ ।


