सिट्रोन सि थ्री दुई भेरियन्टमा आउने, भदौमा नेपाल आउने संकेत

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो उत्पादन सि थ्री जुलाई २० तारिखबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले सिट्रोन सि थ्रीलाई ‘लाइभ र फिल’गरी दुई भेरियन्टमा सार्वजनिक गर्न लागेको हो ।

विशेषत भारतीय बजारमा टाटा पन्च, रेनो काइगर, निसान म्याग्नाइट र मारुती सुजुकी इग्निससँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको सि थ्री दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।

कम्पनीले यसमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र टर्बो चार्ज्ड इन्जिनमा यसलाई ल्याउने छ । नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ हर्स पावर र टर्बो इन्जिनले ११० हर्स पावर प्रदान गर्छ ।

कम्पनीले ल्याउने लाइभ भेरियन्ट इन्ट्री भेरियन्ट हुन्छ भने फिल भेरियन्ट फिचर लोडेड हुने बताइएको छ । कम्पनीले फिल भेरियन्टमा १०.२ इन्चको इनफोटेन्टमेन्ट सिस्टम, पछाडि वाइपर र डिफगर, पावर मिरर एड्जस्ट, डे÷नाइट मिरर, एलइडी रनिङ लाइट, ब्ल्याक प्लाष्टिक क्याडलिङ, प्यासेन्जर सन भाइजर, पावर विन्डो जस्ता फिचर पाउन सकिन्छ ।

कम्पनीले नेचुरल्ली एस्पीरेटेड इन्जिनमा दुबै भेरियन्ट ल्याउने छ भने टर्बो इन्जिनमा टप भेरियन्ट फिल मात्रै उपलब्ध रहनेछ । कम्पनीले यसको दुबै भेरियन्टमा १५ इन्चको स्टील ह्वील अफर गरेको छ ।

सिट्रोन सि थ्रीको लम्बाई ३९८१ एमएम, चौडाई १७३३ एमएम, उचाई १५८६ एमएम र ह्वीलवेस २५४० एमएम रहेको छ । यसमा ग्राहकले ३१५ लिटरको बुट स्पेश र ३० लिटरको इन्धन ट्याङ्की पाउने छन् ।

साँग्रिला मोटरले नेपाल ल्याउने यो कार भदाैमा हुने नाडा अटो शो २०२२ मा नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top