सन् २०२६ को साढे १० महिनामा सर्वाधिक आयात भएका ५ मोडल

काठमाडौं । सन् २०२६ मा नेपाली अटोमोबाइल बजार चलायमान बनेको छ । यो वर्ष दुईपाँग्रे, तीनपाँप्रे र चारपाँग्रे सबै खाले सवारीको आयातमा उल्लेख्य सुधार आएको हो ।

नयाँ सवारी किन्ने/अपग्रेड हुने ग्राहकको संख्या बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा सहजै कर्जा पाउनु, बजारमा नयाँ ब्राण्ड र मोडलको प्रवेश, ईभीको बढ्दो क्रेज लगायत कारणले अटोबजार चलायमान बन्दै गएको हो ।

मुख्यगरी प्यासेन्जर कार सेग्मेन्ट निकै गुलजार बनेको छ । विगतमा वार्षिक १५ हजार युनिट हाराहारी प्यासेन्जर कार आयात हुने गरेकोमा सन् २०२६ को साढे १० महिना (जनवरी नोभेम्बर १५)मै करिब १९ हजार युनिट आयात भएको छ । यही रफ्तार कायम राखे यो वर्ष करिब २२ हजार युनिट कार आयात हुने देखिन्छ ।

प्यासेन्जर कार आयातमा ईभीको वर्चश्व देखिन्छ । कुल आयातको झण्डै ८० प्रतिशत हिस्सा ईभीको रहको छ । सन् २०२६ मा २ दर्जन बढी ब्राण्डका ४० बढी मोडलका ईभी आयात भएका छन् । यहाँ हामीले साढे १० महिनामा सर्वाधिक आयात भएको ५ मोडलको बारेमा चर्चा गरेका छौं ।

१. बीवाइडी एटो २ : सन् २०२६ मा सर्वाधिक आयात हुने मोडल हो, बीवाइडी एटो २ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले साढे १० महिनामा कुल २७१२ युनिट आयात गरेको छ । कम्पनीले जनवरी २, मार्च २५०, अप्रिल १००, मे ८४०,जुलाई ५०, अगस्ट १६६, सेप्टेम्बर ५६५ र अक्टोबरमा ७३९ युििनट आयात गरेको हो । नोभेम्बर, जुन र फेब्रुअरीमा भने १ युनिट पनि आयत भएको छैन ।

२. नामी भिगो : यो वर्ष दोस्रो धेरै आयात हुने मोडल रहेको छ नामी भिगो । नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले साढे १० महिनामा कुल २०५३ युनिट भिगो आयात गरेको छ । भिगो जनवरी ४५, फेब्रुअरी ६५, मार्च ६०, अप्रिल १४०, मे १६०, अगस्ट २२, सेप्टेम्बर २९७, अक्टोबर ११८९ र नोभेम्बर ७५ युनिट आयात भएको हो ।

कम्पनीले मूल्य समायोजन गरेसँगै भिगोको माग उच्च रहेको छ । विगतमा ४४ लाखमा बिक्री हुँदै आएको भिगो हाल ३८ लाखमै किन्न पाइन्छ ।

३. पन्च ईभी : सन् २०२६ मा पन्च ईभी तेस्रो धेरै आयात हुने मोडल बनेको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले साढे १० महिनामा कुल १०२७ युनिट युनिट पन्च ईभी भित्र्याएको छ । कम्पनीले जनवरी ७०, फेब्रुअरी ६०, मार्च ७५, जुलाई १, अगस्ट २११, सेप्टेम्बर ३०६, अक्टोबर १७३ र नोभेम्बर १३१ युनिट पन्च आयात गरेको हो ।

४. एटो १ : चौथो धेरै आयत हुने मोडलमा बीवाइडीकै ह्याचब्इाक एटो १ रहेको छ । साइमेक्स इंकले साढे १० महिनामा कुल ८८१ युनिट एटो १ नेपाल ल्याएको छ । कम्पनीले जनवरीमा १० युनिट, मार्चमा ५०, मेमा ४०९, अगस्ट २, सेप्टेम्बर ५०, अक्टोबर ३६० युनिट आयात गरेको छ ।

५. आइकार भी २३ : पाँचौं धेरै आयात हुनेमा चिनियाँ ब्राण्ड चेरीको आइकार भी २३ रहेको छ । एसपीजी अटोमोबाइल्सले साढे १० महिनामा कुल ८४३ युनिट भित्र्याएको हो । कम्पनीले जनवरी १००, फेब्रुअरी ५२, मार्च ५०, अप्रिल ७३, मे ७७, जुन ५०, जुलाई ६०, सेप्टेम्बर २२६, अक्टोबर २० र नोभेम्बर १३५ युनिट आयात गरेको हो ।

यी बाहेक सन् २०२६ को साढे १० महिनामा धेरै आयात भएका कारमा हुन्डाई क्रेटा ७९९ युनिट र दीपल एस–०५ ७८८ युनिट भित्रिएको देखिन्छ ।


Back_to_top