काठमाडौं । रोयल इनफिल्डको नयाँ मोटरसाइकल टेष्टिङको क्रममा देखिएको छ । यो पटक मोटरसइकलको पुर्ण तस्विरका साथै यसको फिचरसहित बजारमा आउने मितिसमेत इन्टनेटबाट सार्वजनिक भएको हो ।
रोयल इनफिल्डले लामो समयदेखि परिक्षण गरिरहेको मोटरसाइकल हन्टरको तस्विर सार्वजनिक भएको हो ।
रोयल इनफिल्डले नयाँ बुलेट, नयाँ हिमालयन ४५०, ६५० सीसी नयाँ मोटरसाइकल जस्ता मोडल ल्याउने तयारी गरिरहेको छ । यी मोडलभन्दा पहिला कम्पनीले बहुप्रतिक्षित हन्टर ३५० सार्वजनिक गर्ने भएको हो ।
मिडिया रिपोर्टका अनुसार २०२२ जुलाइदेखि बुकिङ सुरु हुने र अगष्ट महिनादेखि यसको डेलिभरी सुरु हुनेछ ।
रोयल इनफिल्ड हन्टरलाई कम्पनीले सबैभन्दा सस्तो मोडलको रुपमा बजारमा ल्याउने अनुमान गरिएको छ । यसको एक्ससोरुम मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँदेखि सुरु हुने अनुमान गरिएको छ ।
हन्टर ३५० आधुनिक रेट्रो रोडस्टार डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यसमा सिंगल पिस सिट, टियर ड्रप आकारको फ्यूल ट्याङक, गोलाकार हेडल्याम्प पाउन सकिन्छ ।
हन्टर ३५० मा जे प्लेटर्फममा आधारित इन्जिन प्रयोग गरिएको छ । कम्पनीले मेटिअर ३५० मा प्रयोग गरेको इन्जिनलाई नै यो मोटरसइकलमा प्रयोग गरेको छ । यसमा ३४९ सीसी सिंगल सिलिन्डर दिइएको छ यसले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पडिको गियर बक्स जडान गरिएको छ ।

