काठमाडौं । १० हजार रुपैयाँ डाउन पेमेन्ट गरेर नै इलेक्ट्रीक स्कुटर खरिद गर्न सकिने भएको छ । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले विद्यार्थी र शिक्षकलाई लक्षित गरेर नयाँ स्कीम ल्याएको हो ।
कम्पनीले सार्वजनिक गरेको स्कीम अन्तर्गत शिक्षक तथा विद्यार्थीले लेभनिङका कुनै पनि इलेक्ट्रीक स्कुटर १० हजार रुपैयाँ बुझाएर खरिद गर्न सक्नेछन् । १० हजार डाउन पेमेन्ट गर्दा ग्राहकले २ वर्षको किस्ता अवधिमा बाँकी रकम बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।
यसै स्कीम अन्तर्गत कम्पनीले फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध गराएको जनाएको छ । यो योजना केही समयका लागि मात्र उपलब्ध हुने जनाएको छ ।

कम्पनीको आधिकारिक शोरुममा यो योजना उपलब्ध हुनेछ । कम्पनीले लेभनिङका ५ लाख ५० हजार रुपैयाँसम्मका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ ।


