जावा-४२ मोटरसाइकलमा थपियो ‘एफजे अल स्टार’

काठमाडौं । भारतीय बजारमा जावा मोटरसाइकलको चर्चित रोडस्टर जावा-४२ मा नयाँ एफजे अल स्टार भेरियन्ट थप भएको छ । जावाको  नयाँ संस्करणमा मुख्यतः कलर र ग्राफिक्समा परिवर्तन भएर आएको हो ।

यसको इन्जिन तथा मेकानिकल पक्षमा कुनै परिवर्तन गरिएको छैन । जावा-४२ एफजेलाई कम्पनीले ६ कलर अप्सनमा उपलब्ध गराएको छ । यसलाई उपभोक्ताले रेड सिल्भर, अरोरा ग्रीन, नेबुला ब्लु, म्याट ब्ल्याक विथ रेड क्लाड, म्याट ब्ल्याक विथ ब्ल्याक क्लाड र क्रोम कलर अप्सनमा पाउने छन् ।

जावाले सबै भेरियन्टको फ्युल ट्यांकमा फरक डिजाइनका ग्राफिक्स प्रयोग गरेको छ । मोटरसाइकलको साइड प्यानलमा भिन्टेज विङ्ड एभिएसन शैलीको स्टार डेकल दिइएको छ ।

जावाले नयाँ मोटरसाइलको सुरूवाती मूल्य २ लाख २ हजार भारतीय रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कलर अनुसार मूल्य कायम गरिएको मोटरसाइकलको टप भेरियन्ट किन्न २ लाख १६ हजार भारतीय रुपैयाँ तिर्नु पर्छ ।

मोटरसाइकलमा ३३४ सीसी, सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन छ । यसले २९.१७ पीएस पावर र २९.६२ एनएम टर्क उत्पादन गर्छ । ६-स्पीड गियरबक्स दिइएको मोटरसाइकलमा डुअल-च्यानल एबीएससहित ३२० एमएम अगाडि र २४० एमएम पछाडिको डिस्क ब्रेक पाउन सकिन्छ ।

यसमा १८ इन्च अगाडि र १७ इन्च पछाडिको ह्वील, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डुअल रियर शक अब्जर्बर तथा ट्विन-एक्जस्ट सिस्टम उपलब्ध छ ।


Back_to_top