काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री बोकेर दुई चिनियाँ जहाज नेपाल आएका हुन् ।
राहत सामाग्री बोकेर आएका चिनियाँ जनमुक्ति सेनाका दुई वटा जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थितिको उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत आपत्कालीन राहत सामग्री ल्याइएको छ । साथै, चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि नेपाल अँएका हुन् ।
विमानमा कुल ५० टन तौल बराबरको प्राथमिक उपचार किट, त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट लगायत सामाग्री रहेका छन् ।


