काठमाडौं । रोयल इनफिल्डले भारतको गोवामा जारी ‘मोटोभर्स २०२६’ मा आफ्नो बहुप्रतिक्षित इलेक्ट्रीक स्क्र्याम्बलर मोटरसाइकल ‘फ्लाइङ फ्लिया एस६’ प्रदर्शनीमा राखेको छ।
यसअघि ‘इआईसीएमए २०२६’ मा अन्तर्राष्ट्रिय डेब्यू गरेको यो बाइकलाई कम्पनीले सन् २०२७ मा भारतीय बजारमा औपचारिक रूपमा लन्च गर्ने तयारी स्वरुप मोटोभर्स २०२६ मा प्रर्दशन गरेको हो ।
कम्पनीको सहरी प्रयोजनका लागि लक्षित ‘फ्लाइङ फ्लिया सी६’ को तुलनामा एस६ लाई अझै रफ र अफ-रोड तथा ट्रेल राइडिङका लागि उपयुक्त हुने गरी स्क्र्याम्बलर स्वरूपमा तयार पारिएको छ ।
फ्लाइङ फ्लिया एस-६ मा सी-६ को जस्तै स्लिम बडी प्रोफाइल र राउन्ड एलईडी हेडलाइटलाई निरन्तरता दिइएको भए तापनि यसलाई प्योर स्क्र्याम्बलर लुक्स दिन धेरै परिवर्तनहरू गरिएको छ । यसमा अग्लो फ्रन्ट फेन्डर, फराकिलो सिंगल-पिस ह्यान्डलबार, नकल गार्ड, फ्ल्याट सिंगल-पिस सिट र चङ्की डुअल-पर्पस टायरसहितको स्पोक ह्वील दिइएको छ
हार्डवेयरतर्फ सी-६ मा रहेको गर्डर-स्टाइल फ्रन्ट सस्पेन्सनको सट्टा एस-६ मा लामो ट्राभल भएको कन्भेन्सनल अपसाइड-डाउन फ्रन्ट फर्क र पछाडि प्रिलोड-एडजस्टेबल मोनोशक सस्पेन्सन जडान गरिएको छ । यसमा अगाडि १९ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील तथा दुवै पाङ्ग्रामा डिस्क ब्रेक उपलब्ध छ ।
ब्याट्री, मोटर र पर्फर्मेन्सरोयल इनफिल्डले एस-६ को आधिकारिक ब्याट्री र मोटरको विवरण सार्वजनिक नगरे तापनि यसमा फ्लाइङ फ्लिया सी-६ कै पावरट्रेन रहने अपेक्षा गरिएको छ । सी-६ मा ३।९१ किलोवाट आवरको ब्याट्री प्याक र १५।४ किलोवाटको इलेक्ट्रिक मोटर छ, जसले ६० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ११५ किमी प्रतिघण्टा र फुल चार्जमा आईडीसी रेन्ज १५४ किमी रहेको छ ।
एस-६ को सबैभन्दा रोचक पक्ष यसको ड्राइभ सिस्टम हो । सी-६ मा बेल्ट ड्राइभ प्रयोग गरिएको थियो भने अफ-रोड र कच्ची बाटोमा राम्रो इनिसियल पिकअप र थ्रोटल रेस्पोन्स दिन एस-६ मा ठूलो रियर स्प्रोकेटसहितको कन्भेन्सनल चेन ड्राइभ दिइएको छ ।
आधुनिक फिचरहरूफ्लाइङ फ्लिया एस-६ मा ३.५ इन्चको गोलाकार टीएफटी टचस्क्रिन डिस्प्ले दिइएको छ, जसमा स्मार्टफोन कनेक्टिभिटी, टर्न-बाई-टर्न नेभिगेसन, कल तथा एसएमएस अलर्टको सुविधा छ । साथै, फोरजी कनेक्टिभिटी, ओटीए अपडेट, मल्टीपल राइड मोड (डेडिकेटेड अफ-रोड मोडसहित), ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल र स्विचेबल डुअल-च्यानल एबीएस जस्ता प्रिमियम फिचरहरू यसमा समावेश छन् ।
२०२७ को सुरुवाततिर भारतीय बजारमा लन्च हुने अनुमान गरिएको रोयल इनफिल्ड फ्लाइङ फ्लिया एस-६ को एक्स-शोरुम मूल्य करिब ३ लाख ४० हजार भारु आसपास पर्ने अपेक्षा गरिएको छ । भारतीय बजारमा सार्वजनिक भएपछि यसको सीधा प्रतिस्पर्धा अल्ट्राभायोलेटको शकवेभसँग हुनेछ ।
नेपाली बजारको भौगोलिक बनावट र बाटोको अवस्थालाई हेर्ने हो भने सहरी रोडस्टर भन्दा स्क्र्याम्बलर भर्सन निकै व्यावहारिक देखिन्छ ।

