एथरको सस्तो मूल्यको इलेक्ट्रीक स्कुटर कोर्नाक बिक्री सुरू

काठमाडौं । भारतीय इलेक्ट्रिक स्कुटर निर्माता एथर इनर्जीले नयाँ कोनार्क इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले एथरले वार्षिक कम्युनिटी डेमा आफ्नो ईएल प्लेटफर्ममा आधारित पहिलो उत्पादन मोडल कोनार्क लन्च गरेको हो । कम्पनीले कोनार्कलाई एस र जेड गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ ।

कम्पनीले कोनोर्क स्कुटरको सुरूआती मूल्य ९९ हजार ९९९ भारतीय रुपैयाँ (एक्सशोरुम) तोकेको छ । यो मूल्य एथरको हालसम्म उपलब्ध स्कुटरमध्ये सबैभन्दा सस्तो हो ।

कम्पनीले कोनार्क स्कुटरलाई विभिन्न ५ ब्याट्रीप्याक अप्सनमा ल्याएको छ । कोनार्क एस चारवटा रेन्ज विकल्पमा आउनेछ । यसमा १००, १२५, १६१ र २०० किलोमिटर आईडीसी रेन्ज भएका संस्करण रहनेछन् । कोनार्क जेड भने १२५ र १६१ किलोमिटर रेन्ज विकल्पमा उपलब्ध हुनेछ ।

१२५ र १६१ किलोमिटर रेन्ज भएका मोडलको डेलिभरी सेप्टेम्बर २०२६ बाट सुरू हुनेछ । १०० किलोमिटर संस्करण २०२७ को पहिलो त्रैमासिकमा र २०० किलोमिटर संस्करण २०२७ को तेस्रो त्रैमासिकमा आउनेछ ।

कोनार्क एसमा २.१ किलोवाट आवर, २.७ किलोवाट आवर र ३.५ किलोवाट आवर गरी तीन ब्याट्री विकल्प उपलब्ध छन् । सबै ब्याट्रीमा एल्युमिनियम केसिङ र आइपी ६७ रेटिङ दिइएको छ ।

यी तीनै मोडलको टप स्पिड ७० किलोमिटर प्रतिघण्टा रहेको छ । २.१ किलोवाट आवर संस्करणमा ४ किलोवाट तथा अन्य दुई संस्करणमा ४.७ किलोवाटको मोटर जडान गरिएको छ । स्कुटरमा स्मार्ट इको, इको र पावर गरी तीन राइडिङ मोड उपलब्ध छ ।

कोनार्कको प्रमुख विशेषतामध्येको एक यसको इन्टिग्रेटेड चार्जिङ सिस्टम पनि हो । तीनै संस्करणमा ४५० वाट अनबोर्ड चार्जर स्ट्यान्डर्ड दिइएको छ । यसले ० देखि ८० प्रतिशत चार्जिङ ब्याट्रीअनुसार करिब २ घण्टादेखि ३ घण्टा १० मिनेटसम्ममा पूरा गर्ने कम्पनीको दाबी छ ।

१२५ र १६१ किलोमिटर संस्करणमा एथर गाइड स्ट्यान्डर्ड हुनेछ भने १०० किलोमिटर संस्करणमा यो अतिरिक्त विकल्पका रूपमा उपलब्ध हुनेछ ।

कोनार्कमा स्टिल युनिबडी च्यासिस र मेटल बडी प्यानल प्रयोग गरिएको छ । यसमा अगाडि १४ इन्च र पछाडि १२ इन्चका टायर छन् । १०० किलोमिटर संस्करणमा दुवैतर्फ ड्रम ब्रेक छन् भने १२५ र १६१ किलोमिटर संस्करणमा २२० एमएम फ्रन्ट डिस्क ब्रेक दिइएको छ ।

स्कुटरमा ३१ लिटरको अन्डर-सिट स्टोरेज, यूएसबी चार्जिङ र रिभर्स पार्क असिस्ट जस्ता फिचर उपलब्ध छन् । इन्ट्रि लेभल कोनार्क एस १०० मा ४.२ इन्च डिपभ्यू डिस्प्ले दिइएको छ । माथिल्ला भेरियन्टमा भने ७ इन्चको डिस्प्ले उपलब्ध हुनेछ ।

उच्च भेरियन्टमा म्याजिक की, एयर वाल्क, अटो होल्ड, ब्लूटुथ, कल एसएमएस अलर्ट, थेप्ट एण्ड टो अलर्ट, फाइन्ड माइ स्कुटर, रिमोट चार्जिङ स्टाटस, सिम कनेक्टिभिटी, एथर एप इन्ट्रिगेसन र ओटीए अपडेट्स जस्ता फिचर उपलब्ध छन् ।

हाल नेपालमा एथरका रिज्टा, एपेक्स ४५० जस्ता मोडल बिक्री भइरहेका छन् । यी मोडलको तुलनामा कोर्नाक सस्तो रहेकाले वैद्यज् इनर्जीले चाँडै नेपाल ल्याउन सक्ने देखिन्छ ।


Back_to_top