काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले दुई वर्षको रोड ट्याक्स निःशुल्क दिने स्कीम सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याएको नयाँ स्कीम अन्तर्गत टीभीएसका स्कुटर तथा मोटरसाइकल खरिद गर्दा दुई वर्षसम्म रोड ट्याक्स कम्पनीले तिरिदिने भएको हो ।
यो योजना असार महिनाभर संचालन हुने कम्पनीले जनाएको छ । यही स्कीम अन्तर्गत फाइनान्स सुविधामा समेत मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
फाइनान्स सुविधामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ४० प्रतिशत रकम बुझाएर ब्याज नलाग्ने सुविधा प्राप्त गर्ने छन् । यसमा ग्राहकले १८ महिनामा बाँकी रकम बुझाउनु पर्ने हुन्छ । यो स्कीम नेपालभर रहेको टीभीएसको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सले नेपाली बजारमा विगो, जुपिटर, एनटर्क, अपाचे आरटीआर १६०, आरटीआर १६० फोर भी, २०० फोर भी, आरआर ३१०, रेडिअन, म्याक्स, स्टाकर जस्ता मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ ।


