जीडब्लूएमको आधुनिक सर्भिस सेन्टर संचालनमा

काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले आफ्नो पहिलो सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले विश्व स्तरियर ‘स्टेट अफ दी आर्ट’ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

ललितपूरको चाकुपाटमा रहेको सर्भिस सेन्टर १५ हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । कम्पनी स्रोतका अनुसार नयाँ सर्भिस सेन्टरले मासिक ६ सय हाराहारी गाडीलाई सेवा प्रदान गर्न सक्नेछ ।

कम्पनीले आधुनिक इक्यूपमेन्टको प्रयोग गरेर तयार गरेको बताउँदै कम्पनीका उपाध्यक्ष रुपेश शर्मा भट्ट भन्छन्, ‘हामीसँग निकै दक्ष जनशक्ति र आधुनिक टेक्नोलोजी जडान भएको सर्भिस सेन्टर छ । तपाईले चढ्ने गाडीको लागि हामी सदैव उत्कृष्ट सेवा दिन सक्षम छौं ।’

शोरुमको विषयमा थप जानकारी दिदै जिडब्लूएमका सर्भिस उपमहाप्रबन्धक अजित पटेल भन्छन्, ‘नविनतम डायग्नोस्टिक उपकरण र पार्टसको उचित व्यवस्थापन गरेको कारण तपाईहरुले ढुक्कसँग गाडी चलाउन सक्नुहुन्छ ।’

कम्पनीले निर्धारित समयमा गर्नु पर्ने सेवा, द्रुत सेवा र विदामा घुम्न जानेको लागि विशेष चेकजाँच सेवा उपलब्ध रहेको जनाएको छ ।


Back_to_top