‘मेड इन इन्डिया सुजुकी भिटारा’ १२ दिनपछि सार्वजनिक हुने

काठमाडौं । सुजुकी र टोयोटाको संयुक्त मोडलको रुपमा तयार भएको कम्प्याक्ट एसयूभी जुलाई २० तारिखमा सार्वजनिक हुने भएको छ । यही गाडी टोयोटा ब्राण्डमा ‘अर्वान क्रुजर हाइराइडर’ नामबाट सार्वजनिक भइसकेको छ ।

अब जुलाई २० तारिखमा मारुती सुजुकीको ब्राण्डमा ‘भिटारा’ नामबाट विक्री सुरु हुने अनुमान गरिएको छ । विशेषत सुजुकीको नयाँ भिटाराले क्रेटा, सेल्टोस, कुशक, टाइगुन र किक्स जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

टोयोटाले हाइराइडरलाई दुई इन्जिन अप्सनमा ल्याएको छ, तर भिटारमा कुन कुन इन्जिन अप्सन रहन्छ भन्ने विषय बाहिर आएको छैन । टोयोटाले ब्रेजामा प्रयोग भएको १४६२ सीसी क्षमताको माइल्ड हाइब्रिड सहितको पेट्रोल इन्जिन र १४९० सीसी क्षमताको स्ट्रङ हाइब्रिड इन्जिन दिएको छ ।

साइजमा भने अर्वान क्रुजर हाइराइडरको समान हुनेछ । यसको लम्वाई ४३६५ एमएम, चौडाई १७९५ एमएम, उचाई १६३५ एमएम र ह्वीलवेस २६०० एमएमको हुनेछ

टोयोटा हाइराइडरको सबै चक्कामा डिस्क ब्रेक रहेकोले भिटारामा पनि समान फिचर हुने छ । १७ इन्चको स्टील र १७ इन्चकै अलोय ह्वीलको साथ आउने हाइराइडरमा अगाडि म्याक्फेर्सन स्टर्क र पछाडि टुर्सन बीम सस्पेन्स थियो, भिटारामा पनि समान फिचर रहने अनुमान गर्न सकिन्छ ।

अर्वान क्रुजर हाइराइडरको जस्तै भिटारको पनि सबै भेरियन्टमा अगाडि दुई एयरब्याग र टप भेरियन्टमा साइड र कर्टन एयरव्याग रहने अपेक्षा गरिएको छ । साथै, टप भेरियन्टमा ३६० डिग्री क्यामेरा, सेन्सर सहितको पार्किङ क्यामेरा, यात्रुको आवश्यकता अनुसार मिलाउन मिल्ने सिट बेल्ट, एबीएस, इबीडी जस्ता फिचर यसमा उपलब्ध छन् ।

यो एसयूभीमा प्रिमियम सिट, सनरुफ, आकर्षक ड्यासबोड, ९ इन्चको स्ट्यान्डीङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, भ्यान्टीलेटेड फ्रन्ट सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोल, कनेक्ट कार टेक जस्ता फिचर रहने छ ।


Back_to_top