डिलर नेटर्वकमा देखियो रोयल इनफिल्ड कै सस्तो मोटरसाइकल, केही दिन भित्रै विक्री सुरु हुने

काठमाडौं । रोयल इनफिल्डको नयाँ मोटरसाइकल हन्टर डिलर नेटर्वकमा देखिएको छ । यस अघि धेरै पटक टेष्टिङको क्रममा देखिएको यो मोटरसाइकल सोरुममा आइपुगेको हो ।

योसँगै रोयल इनफिल्डकै सबै भन्दा सस्तो मोटरसाइकल केही दिनमा नै विक्री सुरु हुनेछ ।

रोयल इनफिल्डले नयाँ बुलेट, नयाँ हिमालयन ४५०, ६५० सीसी नयाँ मोटरसाइकल जस्ता मोडल ल्याउने तयारी गरिरहेको छ । यी मोडलभन्दा पहिला कम्पनीले बहुप्रतिक्षित हन्टर ३५० सार्वजनिक गर्ने भएको हो ।

हन्टर ३५० आधुनिक रेट्रो रोडस्टार डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यसमा सिंगल पिस सिट, टियर ड्रप आकारको फ्यूल ट्याङक, गोलाकार हेडल्याम्प पाउन सकिन्छ ।

हन्टर ३५० मा जे प्लेटर्फममा आधारित इन्जिन प्रयोग गरिएको छ । कम्पनीले मेटिअर ३५० मा प्रयोग गरेको इन्जिनलाई नै यो मोटरसइकलमा प्रयोग गरेको छ । यसमा ३४९ सीसी सिंगल सिलिन्डर दिइएको छ यसले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पडिको गियर बक्स जडान गरिएको छ ।

केही दिन भित्र यसको विक्री सुरु हुने अनुमान गरिएको छ भने यसको मूल्य १ लाख ५० हजारदेखि १ लाख ७० हजार रुपैयाँसम्म हुने अनुमान रहेको छ ।


Back_to_top