काठमाडौं । सुपर शोकोको आधिकारीक विक्रेता डिलाइफ स्टाइलले नेपालमा विभिन्न ९ मोडलको १५ भेरियन्टमा इलेक्ट्रीक स्कुटर र मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा १ लाख ९० हजारदेखि ४ लाख ९० हजारसम्म मूल्य तोकेर इलेक्ट्रीक स्कुटर र मोटरसाइकल विक्री गर्दै आएको हो ।
सुपर शोकोले बजारमा विक्री गर्दै आएको स्कुटर र मोटरसाइकल ६०० वाटदेखि ३२०० वाट क्षमतासम्मका मोटर दिइएको छ । कम्पनीले विक्री गर्ने साधनले एक पटकको फुल चार्जमा ८० देखि २०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने छन् ।

कम्पनीले सियूएक्स, सिपीएक्स, भिएस वान र सियू मिनी स्कुटर मोडल विक्री गर्दै आएको छ । साथै, मोटरसाइकलमा टिएसएक्स, टिसी, टिसी म्याक्स, टिसी वन्डर र टिएस स्ट्रीट हन्टर मोडल विक्री गर्दै आएको छ ।
पछिल्ला दिनमा विद्युतीय साधनको विक्री ब्यापक वृद्धि भएको छ । बढ्दो पेट्रोलियम पदार्थको मूल्य र सरकारले समेत विद्युतीय गाडीमा सहयोग गर्दै आएको कारण विक्री बढेको हो ।

