७ दिनपछि बजारमा आउँदै रोयल इनफिल्डको सर्वाधिक सस्तो मोडल ‘हन्टर’

काठमाडौं । आइकोनिक ब्राण्ड रोयल इनफिल्डले लामो दुरीमा चलाउन मिल्ने नयाँ मोडल ‘हन्टर’ अगस्ट ७ तारिखमा लन्च गर्ने भएको छ । कम्पनीले एक भिडियो टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल अर्को हप्ता बजारमा आउने जानकारी दिएको हो ।

रोयल इनफिल्डले आफ्नो नयाँ मोडल हन्टर पनि ३५० सीसी क्षमताको इन्जिनमा नै ल्याउने छ । कम्पनीले क्लासिक ३५० र मेटियर ३५० कै समान प्लेटफर्ममा तयार गरेको हन्टर भारतमा परिक्षण भएको तस्विरहरु यसअघि नै सार्वजनिक भएका थिए ।

कम्पनीले यो मोडललाई ब्राण्डको सबैभन्दा सस्तो मोटरसाइकलको रुपमा बजारमा ल्याउन लागेको हो । रोयल इन्फिल्डले हन्टर ३५० को इन्ट्री लेभल भेरियन्टमा स्पोक ह्वील र टप भेरियन्टमा अलोय ह्वील दिनेछ ।

हन्टरमा ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड सिस्टम रहने छ । यो इन्जिनले २० हर्सपावर र २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । इन्जिनसँग ५ स्पीडको गियरबक्स रहनेछ ।


Back_to_top