विद्युतीय गाडीमा थप सहुलियत दिनु पर्छः कुलमान घिसिंङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिंङले विद्युतीय गाडीको प्रयोग बढाउन थप सहुलियत दिनु पर्ने धारणा राखेका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै निर्देशक घिसिङले विद्युतीय गाडीमा थप सुविधा दिनु पर्ने धारणा राखेका हुन् ।

विद्युतीय गाडीले धेरै विजुली खपत नगर्ने भएको कारण कर छुट दिनु हुँदैन भन्ने आवाज उठिरहेको भन्दै एमडी घिसिंङले भने, ‘देशले गरेको अन्तर्राष्ट्रिय प्रतिवद्धता होलान् । सन् २०२६ सम्म कार्वन न्यूटर्ल कसरी गर्ने भन्ने विषय होला । अहिले पेट्रोल गाडीको प्रतिकिलोमिटर लागत २० रुपैयाँ छ । जबकी इलेक्ट्रीक गाडीको १ रुपैयाँ मात्रै छ । प्रतिकिलोमिटर १९ रुपैयाँ बचत भएको कसैले देख्दैनन् । ईभी प्रयोगको कारण मानव स्वास्थ्यमा पुग्ने फाइदाको त हिसाव किताव नै छैन । त्यसैले ईभीको प्रयोग बढाउनु पर्छ ।’

अहिलेलाई विद्युतीय गाडीमा थप सहुलियत दिएर भएपनि प्रयोग बढाउनु पर्नेमा उनले जोड दिए । प्रयोग व्यापक भएपछि पेट्रोल गाडीको आयात रोकेर ईभीमा कर बढाउन सकिने उनको भनाई थियो ।


Back_to_top