काठमाडौं । यूरोपियन ब्राण्ड स्कोडाले भारतमा उत्पादन गरेको कम्प्याक्ट एसयूभी कुशकले नेपालमा एक वर्ष पुरा गरेको छ । यो एक वर्षको अवधिमा कम बजेटमा यूरोपियन एसयूभीको टेस्ट चाहने ग्राहकले कुशक खरिद गरेका छन् ।
एमएडब्लू स्कोडाले गत वर्ष साउनमा कुशकलाई सार्वजनिक गरेको थियो । बजारमा आएदेखि नै ड्राइभिङ्ग डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र पावर फुल टीएसआई इन्जिनका कारण एकै पटक ७५ यूनिट कुशक सार्वजनिक भएको १५ दिनमा नै ग्राहकलाई डेलिभरी दिएको थियो ।
कुशक सार्वजनिक भएयता नेपालमा स्कोडाको विक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको कम्पनीको भनाई छ । एक वर्षमा चार सय युनिट विक्री पुरा भएको बताउँदै सेग्मेन्टमा १८ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको कम्पनीको दावी छ ।
‘नेपालमा लन्च भएपछि कुशकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफ्नो सेग्मेन्टलाई परिभाषित गर्ने एसयूभीका रुपमा उभ्याउन सफल भएको छ,’ स्कोडा एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।
स्कोडा कुशक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा कुशकको मूल्य ४९ लाख ९० हजारदेखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।


