एप्पलले कार बनाउन लेम्बर्गिनीबाट ल्यायो इन्जिनियर

काठमाडौं । विश्वको सबैभन्दा ठूलो टेक कम्पनी एप्पलले इलेक्ट्रीक कार निर्माणलाई तिब्रता दिएको पुष्टी भएको छ । कम्पनीले यसअघि नै कार निर्माणमा गोप्य तरिकाले काम गरिरहेको खबरहरु बाहिर आएका थिए ।

बजारमा भइरहेको चर्चालाई थप पुष्टी गर्ने काम लेम्बर्गिनीका डिजाइनर लुइगी ताराबोरेलीको एप्पल यात्राले गरेको छ । ब्लुम्बर्गका अनुसार इटालीयन कार मेकर लेम्बर्गिनीमा काम गरेका ताराबोरेलीलाई एप्पलले नियुक्त गरेको हो । उनी लेक्बर्गिनीमा हेड अफ च्यासीस एण्ड भेहिकल डाइनामिक्स पदमा कार्यरत थिए ।

एप्पलले सन् २०२४ सम्ममा अत्याधुनिक इलेक्ट्रीक कार बजारमा ल्याउने अनुमान गरिएको छ । टेस्ला र अन्य ईभीसँग सिधा प्रतिस्पर्धा गर्ने एप्पलको कार पूर्णतया सेल्फ ड्राइभिङ हुने विश्वास गरिएको छ ।

सन् २०१६ बाटै एप्पलले प्रोजेक्ट टाइटेन नाम दिएर इलेक्ट्रीक कारको विकास गरिरहेको जानकारी बाहिर आएको थियो । एएपल कारमा भरपुर एआई र भीआर टेक्नलोजीको प्रयोग हुने सम्भावना छ ।

एप्पलले ल्याउने इलेक्ट्रीक कार पूर्णतया आईफोनमा इन्ट्रीगेटेड हुनुको साथै आइफोनबाटै कारको धेरै फङ्सनहरु कन्ट्रोल गर्न सकिने गरी आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top