जीपको नयाँ मोडल ईभी र हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । अमेरिकी एसयूभी उत्पादक कम्पनी जीपले सानो साइजको एसयूभी लगभग तयार भएको छ । कम्पनीले अबको केही महिना भित्रै यसको ग्लोबल लन्च गर्ने भएको हो ।

जीपको यो नयाँ एसयूभी इलेक्ट्रीक र आइसी दुबै इन्जिन अप्सनमा आउने छ । कम्पनी ‘जीपस्टर’को बाहिर आएको तस्विरको आधारमा यसको डिजाइन ल्याङ्वेज जीपको आउँदै गरेको ग्राण्ड चेरोकी प्लगइन हाइब्रिडको जस्तै देखिएको छ ।

नयाँ कम्प्याक्ट एसयूभीमा बाहिरबाट हेर्दा स्प्रीट डिजाइनको हेडलाइट, टप माउण्टेड एलइडी डीआरएल, जीपको ७ स्ल्याटको ग्रिल, मस्कुलर ह्वीलआर्क तथा बाक्लो बडी क्लाइडिङ रहेको छ । साथै, यसमा सी पिल्लर माउण्टेड रियर डोर ह्याण्डल, स्पोर्टी अलोय ह्वील, सार्प टेललाइट तथा अगाडि र पछाडि दुबैतर्फ स्कीड प्लेट दिइने छ ।

यसको क्यावीनमा अटोमेटीक क्लाइमेट कन्ट्रोल, पावर एड्जस्टेवल ड्राइभर सिट, पुस बटम स्टार्ट, भेन्टीलेटेड फ्रन्ट सिट, फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, सनरुफ, कनेक्टेड कारटेक, भोइस कमाण्डका साथै अटोमेटिक आइआरभीएम, हेडलाइट तथा वाइपर हुने अनुमान गरिएको छ ।

कम्पनीले यसको ईभी भर्सनमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र १.५ लिटर क्षमताको हाइब्रिड पेट्रोल इन्जिनमा आउने अनुमान गरिएको छ ।


Back_to_top