नयाँ कोना ईभीको परिक्षण सुरु, यस्तो छ बजारमा आउने मिति

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले नयाँ जेनेरेशन कोना ईभीको परिक्षण सुरु गरेको छ । कम्पनीले जर्मनीमा नयाँ कोनाको परिक्षण गरिरहेको तस्विर कारस्कुप डटकमले प्रकाशित गरेसँगै यसको विविध पक्षमा चर्चा सुरु भएको हो ।

अहिलेसम्म नयाँ कोनामा के कस्ता फिचर उपलब्ध छन् भन्ने विषयमा कुनै जानकारी बाहिर आएको छैन । यद्यपि, हुन्डाईको सफल क्रसओभर पहिलाको तुलनामा ठूलो र फराकिलो भने हुने सहजै अनुमान लगाउन सकिन्छ ।

सार्वजनिक भएको तस्विरबाट यसमा दिइएको नयाँ ह्वील पहिलेको भन्दा ठूलो देखिन्छ । विल्कुलै नयाँ फ्रन्ट ग्रिल, नयाँ डिजाइनमा तयार पारिएको हेडल्याम्प, माथिल्लो भागमा दिइएको एलइडी डे टाइम रनिङ लाइट सहजै देख्न सकिन्छ ।

हुन्डाईले नयाँ जेनेरेशन कोनामा अगाडि र पछाडिकै बम्पर परिवर्तन गरेको छ । नयाँ एलइडी लाइटको सेटअप र नयाँ डिजाइनमा तयार भएको ओआरभीएमएसले कोना इलेक्ट्रीकमा ब्यापक परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ ।

बाहिरी बनोटमा देखिने परिवर्तनसँगै भित्री डिजाइनमा पनि ब्यापक परिमार्जन देख्न सकिने छ । यसको ड्यासबोर्ड परिवर्तन हुनेछ भने नयाँ फिचर लोडेड हुनेछ । डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टमको नयाँ कम्बीनेसन यसमा पाउन सकिने छ । यसको सेन्टर कन्सोलमा पनि ठूलो परिवर्तन पाउन सकिन्छ ।

नयाँ जेनेरेशन टुसान र आयोनीक ५ बाट धेरै प्रेरित रहने नयाँ कोना ईभीमा फिजिकल बटम र गियरनबसँगै रहने अपेक्षा गर्न सकिन्छ । साथै, ठूलो पानारोमीक सनरुफ, भेन्टीलेटेड सिट, आधुनिक सुरक्षा फिचर रहने छ ।

कम्पनीले नयाँ कोनामा रहने ब्याट्री, मोटर र रेन्जको विषयमा कुनै जानकारी दिएको छैन । कम्पनीले सन् २०२३ को दोस्रो क्वाटरसम्ममा बजारमा ल्याउन सक्ने छ ।


Back_to_top