टीभीएस अपाचे आरटीआर १६० फोर भीको नयाँ भर्सन आउँने

काठमाडौं । टीभीएस मोटर्स कम्पनीले आपचे आरटीआर १६० फोर भीको नयाँ भर्सन सार्वजनिक गर्ने भएको छ । अपाचे आरटीआर १६० फोर भीको नयाँ भर्सन हालै मात्र परिक्षणको क्रममा देखिएको हो ।

टीभीएसले आफ्ना मोटरसाइकल तथा स्कुटरमा हरेक वर्ष केही नयाँ फिचर थप गरेर ल्याउने गरेको छ ।

यसले ग्राहकलाई नयाँ सधै फ्रेस अनुभव गराउने कम्पनीको बुझाइ छ ।

टीभीएस मोटर्सले गत वर्ष नै अपाचे १६० फोर भीमा ब्यापक अपडेट गरेको थियो । गत वर्ष अपाचे १६० फोर भीमा नयाँ एलइडी हेडल्याम्पका साथै तीन नयाँ मोड थप गरेर ल्याएको थियो ।

कम्पनीले नयाँ भर्सन अपाचे आरटीआर १६० फोर भीको अपडेटेड भर्सन सार्वजनिक गर्नु अघि सार्वजनिक भएको तस्बीरमा खासै परिर्वतन देखिएको छैन् । यसको ग्राफिकमा परिर्वतन भएको छ भने यसमा मेकानीकल परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।

अपाचे आरटीआर १६० फोर भी १६० सीसी सेग्मेन्टमा नै सर्वाधिक पावर मोटरसाइकल रहेको छ ।
आपाचे आरटीआर १६० फोर भीमा १५९ सीसी सिंगल सिलिन्डर, एफआई, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १७.६ हर्सपावर तथा १४.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । नयाँ भर्सन अपाचेमा यसको केही पवार केही बढ्ने तथा सुरक्षा फिचरका रुपमा डबल च्यानल एबीएस थप हुन सक्ने अनुमान गरिएको छ ।

नयाँ भर्सन अपाचेको मूल्य ५ हजार भारतीय रुपैयाँले बढ्न सक्नेछ । यो मोटरसाइकलले बजाजको नयाँ मोटरसाइकल एन १६० र हिरो एक्सट्रीम १६० आरसँग प्रतिस्पर्धा गर्नेछ ।

 


Back_to_top