बजाज अटोका प्रबन्ध निर्देशक राजीब बजाजले नयाँ स्कुटर उत्पादनबारे सोधिएको प्रश्नको जबाफ दिन अस्विकार गरेका छन् । पटक–पटक एउटै प्रश्न सोधिएपछि उनले कम्पनीले असंभव परिस्थितिमा मात्र स्कुटर उत्पादन गर्ने जवाफ दिएका थिए ।
कम्पनीले रोयल इनफिल्डको स्कुटर सार्वजनिक भएपछि मात्रै बजाजले नयाँ स्कुटर बजारमा ल्याउने बताउँदै आएको छ । राजीबले रोयल इनफिल्डका सिइओ तथा एमडी सिद्धार्थ लाललाई उदृत गर्दै भने ‘रोयल इनफिल्ड सबै अटो बजारमा निर्यात हुनेछ । कम्पनीले निक्कै उत्कृष्ट स्कुटर उत्पादन गर्छ भन्ने कुरामा मलाई कुनै शंका छैन । यदी सिद्धार्थ नयाँ स्कुटर उत्पादनबारे जानकारी गराउँछन्, वा सार्वजनिक गर्ने निर्णय गर्छन् भने बजाजले अवश्य पनि नयाँ स्कुटर निर्माण गर्नेछ ।’
राजीव बजाजले प्रतिस्पर्धात्मक अटो बजारमा उत्रन तथा सफलताप्राप्त गर्न जुनसुकै सेग्मेन्टलाई अप्ठारो पर्ने स्विकारेका छन् । संसारकै उत्कृष्ट टु ह्वीलर निर्माण कम्पनी हिरो मोटोकर्पलाई इङगितगर्दै उनले स्कुटर सेग्मेन्टमा सहभागीता जनाएतापनि स्पोर्ट मोटरसाइकलको उत्पादनलाई निरन्तरता दिईरहेको बताए । साथै उनले टीभीएसले स्कुटर व्यवसायमा राम्रो गर्दागर्दै पनि मोटरसाइकल बजारमा प्रवेश गर्ने प्रयास गरिरहेको सुनाए ।
बजाजले अहिल्यै स्कुटर सेगमेन्टमा कामगर्ने कुरालाई अस्विकार गरेपनि कम्पनीले बजाज अर्बानाइट ब्रान्डमा आधारित इलेक्ट्रीक टु ह्वीलर निर्माणलाई जोड दिने उनले बताए ।

