चर्चामा महिन्द्राको इलेक्ट्रीक एक्सयूभी ४००, यी हुन् थाहापाउनु पर्ने ५ तथ्य

काठमाडौं । गत हप्ता महिन्द्राले विश्व ईभी दिवसको मौका पारेर इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको थियो । साइजको आधारमा सब फोर मिटर र कम्प्याक्ट एसयूभीको बीचमा राखेर आएको यो एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभी टाटा नेक्सनको मुख्य प्रतिस्पर्धी भएकै कारण चर्चामा रहेको हो ।

महिन्द्राले एक्सयूभी ४०० लाई एक्सयूभी ३०० कै प्लेटफर्म एक्स १०० प्लेटफर्ममा बनाएको हो । विद्युतीय कारको भारतमा सुरुवात गरेको कम्पनी विभिन्न कारणले पछाडि परेको समयमा आएकै कारण एक्सयूभी ४०० को चर्चा चुलिएको हो ।

हुन्डाई कोना, एमजी जेडएस ईभीदेखि टाटा नेक्सनसम्म प्रतिस्पर्धा गर्ने भएको कारण धेरै मानिसले यसलाई पर्खिरहेका छन् । त्यसैले हामीले यहाँ एक्सयूभी ४०० मा रहेका मूख्य पाँच फिचरको बारेमा चर्चा गरेका छौं ।

इन्डियामा बनेको सर्वाधिक छिटो कुद्ने ईभी

महिन्द्राको दावी अनुसार एक्सयूभी ४०० मात्र ८.३ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्छ । यसको टप स्पीड १५० किलोमिटर प्रतिघण्टा रहेको छ । यसका आधारमा महिन्द्रा एक्सयूभी ४०० भारतमा निर्माण भएको ईभी मध्ये सबैभन्दा छिटो कुद्ने ईभी हो ।

सेग्मेन्टकै उत्कृष्ट रेन्ज

महिन्द्रको एक्सयूभी ४०० मा ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ । यो एसयूभीलाई एक पटकको फुल चार्जमा ४५६ किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ । कम्पनीले ४५६ किलोमीटरको दावा गरेता पनि वास्तवमा यो एसयूभी ३०० किलोमिटर हाराहारी रेन्ज आउने अनुमान गरिएको छ ।

मोटर

एक्सयूभी ४०० मा फ्रन्ट ह्वील ड्राइभ सिंगल मोटर दिएको छ । विभिन्न मिडिया रिपोर्ट अनुसार यसमा ११४ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने छ । त्यो भनेको १४९ पीएस पावर र ३१० एनएम टर्क हो ।

सेफ्टी

सेफ्टी फिचरको मामलामा पनि महिन्द्रा एक्सयूभी ४०० उत्कृष्ट रहेको छ । यसमा हाइस्ट्रेन्थको स्टीलका थुप्रै सेफ्टी फिचर स्ट्याडर्ड फिचरको रुपमा पाउन सकिन्छ । महिन्द्राकोे एक्सयूभी ३०० ले पहिला नै ग्लोबल एनक्याप सेफ्टी रेटिङमा ५ स्टार रेटिङ पाएकाले यो एसयूभी पनि ५ स्टार रेटिङने पाउनेमा कम्पनी विश्वस्थ रहेको छ ।

चार्जिङ अप्सन

महिन्द्राको एक्सयूभी ४०० ईभीमा ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ । यो चार्जरले चार्ज गर्दा एक्सयूभी ४०० को ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्छ । यो एसयूभीलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै बजारमा पाइने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज हुन्छ ।


Back_to_top