काठमाडौं । टीभीएस मोटर्सले एनटर्क १२५ स्पोर्टी स्कुटर नयाँ कलर भेरियन्टमा सार्वजनिक गरेको छ । कम्पनीले मरिन ब्लु कलरमा एनटर्क १२५ को टप भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीले यसको मूल्य ५०० रुपैयाँले वृद्धि गरेको छ । यो स्कुटरमा कलरका अलावा अन्य कुनै परिर्वतन देख्न भने पाइने छैन । नयाँ कलरमा आएसँगै स्कुटर फ्रेस लुक देखिएको छ ।
कम्पनीले मरिन ब्लु एनटर्क रेस एडिशनको मूल्य ८७ हजार ११ भारतीय रुपैयाँ निर्धारण गरेर आधिकारिक बुकिङ खुल्ला गरेको छ ।
टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।
नेपाली बजारमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटरका एनटर्क १२५ को मरिन ब्लु भर्सन केही समय पश्चात नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ । हाल नेपालमा एनटर्कको ५ भेरियन्ट विक्री हुँदै आएको छ । यसको टप भेरियन्टको मूल्य २ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

