काठमाडौं । तिहारको अवसरमा जीएसी आयोन भी इलेक्ट्रीक एसयूभी खरिद गर्दा ९ लाख रुपैयाँसम्मको फाइदा पाइने भएको छ ।
नेपालको लागि जीएसी आयोनको आधिकारिक बिक्रेता सीजी मोटर्सले ल्याएको ‘तिहारको बहार, आयोनको उपहार’ योजनामा यस्तो सुविधा पाइने भएको हो ।
कम्पनीका अनुसार यस अफरमा ग्राहकले विभिन्न सुविधा गरी ९ लाख रुपैयाँसम्मको लाभ पाउने छन् । यस योजना अन्तर्गत आयोनका सवारी खरिद गर्ने ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्जमा आकर्षक बोनस, १ आर्थिक वर्षको वार्षिक सवारी कर निःशुल्क पाउने छन् ।
साथै, एक वर्षको अटो प्लस बीमा, ६.६ किलोवाटको घरायसी चार्जर तथा गाडीको लागि आवश्यक पर्ने विभिन्न सामग्री निःशुल्क दिने कम्पनीले जनाएको छ ।
योजनाको मुख्य आकर्षण तत्कालै ग्राहकले गाडी पाउने छन् । उपलब्ध मोडल अनुसार ग्राहकले लामो समय कुर्न नपर्ने गरी नयाँ आयोन घर लैजान सक्ने कम्पनीको भनाइ छ ।
तिहारको अवसरमा सार्वजनिक गरिएको यो योजनाले विद्युतीय सवारी खरिदलाई थप सहज र किफायती बनाउने कम्पनीले विश्वास लिएको छ । नयाँ अफर योजना आयोनका आधिकारिक शोरुमहरूमा उपलब्ध हुने छन् ।

