काठमाडौं । भोलि (कात्तिक १२ गते)देखि टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले काठमडौंको भृकुटीमण्डमा उक्त मेला आयोजना गर्ने भएको हो ।
कम्पनीका अनुसार महा एक्सचेन्ज मेला आगामी कात्तिक १८ गतेसम्म संचालन हुनेछ । यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टीभीएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने सक्नेछन् । साथै, विभिन्न आकर्षक अफर र सुविधाहरू पाउने कम्पनीले जनाएको छ ।
यस मेलाले ग्राहकहरूलाई सहज, किफायती र लाभदायक एक्सचेन्ज अनुभव प्रदान गर्ने कम्पनीले लक्ष्य राखेको छ।
मेलाको प्रमुख आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की अथवा १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन् । साथै, मेलालाई थप रोमाञ्चक बनाउन हरेक दिन दुई जना भाग्यशाली विजेताले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन् ।
मेलामा ५० बढी भ्यालुएटरहरूको व्यवस्था गरिएको छ । यसबाट ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट एक्सचेन्ज मूल्य प्राप्त गर्दै नयाँ टीभीएस सवारीसाधनमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया समेत उपलब्ध गराइनेछ। आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्तहरूको अधीनमा रहने यस सुविधाले नयाँ सवारीसाधन खरिद प्रक्रियालाई थप सरल बनाउने विश्वास कम्पनीले लिएको छ।
जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक रौनियारले ग्राहकलाई आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष अफर तथा सहज फाइनान्स सुविधा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए ।
‘टीभीएस ले सधैं आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सवारीसाधनसँगै थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राख्दै आएको छ। ‘अचम्मैको महा एक्सचेन्ज मेला’ मार्फत हामीले ग्राहकहरूका लागि आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष अफर तथा सहज फाइनान्स सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयास गरेका छौं । हाम्रो उद्देश्य नयाँ टीभीएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने ग्राहकहरूको चाहनालाई अझ सहज र किफायती बनाउनु हो। हामी सम्पूर्ण ग्राहकहरूलाई भृकुटीमण्डपमा उपस्थित भई यस विशेष अवसरको अधिकतम लाभ उठाउन हार्दिक आमन्त्रण गर्दछौं,’उनले भने ।

