काठमाडौं । नयाँ इलेक्ट्रीक दुई पाग्रे ब्रान्ड नेपाल भित्रिएको छ । भारतीय इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी इभिट्रिक मोटर्सका उत्पादन नेपाल भित्रिएको हो ।
इभिट्रिकका उत्पादन नेपाली बजारमा एप्स ट्रेड लिंक प्रालिले विक्री वितरण गर्नेछ ।
कम्पनीले तीन मोडलका स्कुटर र एक मोडलको मोटरसाइकल नेपाल भित्र्याएको छ । कम्पनीले नेपाल भित्र्याएका इलेक्ट्रीक स्कुटहरु ७५ किलोमिटरदेखि १०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।
इभिट्रिक राइज इलेक्ट्रीक मोटरसाइकलले भने ११० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी रहेको छ ।
कम्पनीले नेपाल भित्र्याएको राइड प्रो इलेक्ट्रीक स्कुटरको मूल्य ४ लाख १५ हजार रुपैयाँ रहेको । त्यस्तै राइज इलेक्ट्रीक मोटरसाइकलको मूल्य ४ लाख ६८ हजार, माइटी प्रो स्कुटरको ३ लाख ९० हजार र राइड एचएसको मूल्य ३ लाख ४० हजार रुपैयाँ रहेको छ ।
इभिट्रिक स्कुटरहरुमा डिजिटल डिस्प्ले, डिस्क ब्रेक, इलइडी हेडल्याम्प तथा टेलल्याम्प, डिआरएल, साइड स्याण्ड सेन्सर जस्ता फिचर रहेको छन् ।
कम्पनीले काठमाडौंको बालुवाटरमा शोरुम स्थापना गरेर विक्री सुरु गर्ने तयारी गरेको हो ।

