काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित गरेर आधाको आधा डाउन पेमेन्ट स्कीम ल्याएको छ । दशैं, तिहार र छट लक्षित यो स्कीम अझै जारि नै रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मोटरसाइकल बजाज पल्सर एन २५० मा युवाको आकर्षण देखिएको छ । तर, बजारमा कायम तरलता अभावले सोचे अनुसार विक्री नदेखिएको कम्पनीले जनाएको छ । कम्पनीले बजारमा भएको तरलता अभावका कारण मोटरसाइकल खरिद गर्न चाहाने ग्राहकलाई कम डाउन पेमेन्टमा मोटरसाइकल उपलब्ध गराउने उद्धेश्यले यो स्कीम ल्याएको जनाएको छ ।

यो स्कीममा कम्पनीले हालै मात्र नेपाली बजारमा भित्र्याएको बजाज पल्सर सिरिजकै सबैभन्दा ठुलो मोटरसाइकल पल्सर एन २५० ग्राहकले २५ प्रतिशत रकम डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् ।
कति पर्छ मासिक किस्ता ?
पल्सर एन २५० को मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ कायम गरेर विक्री सुरु गरिएको छ । बजाजले दशैं स्कीम संचालन गरिरहेको छ । दशैं स्कीममा ग्राहकले २५, ३५ र ५० प्रतिशत डाउन पेमेन्ट मध्ये आफ्नो अनुकुल अनुसार डाउन पेमेन्ट गर्न सक्नेछन् ।
बजाजले ल्याएको स्कीममा ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गर्दा १२ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । पल्सर एन २५० किन्न चाहनेले कम्तीमा १ लाख २२ हजार ४७५ रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्नेछ ।
कम्पनीले कर्जा सुविधा प्रदान गरेको कारण ३ लाख ६७ हजार ४२५ रुपैयाँ कर्जा सुविधा लिन सक्नेछन् । यसरी लिएको कर्जा २ वर्ष भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । उक्त कर्जा मासिक १७ हजार २९६ रुपैयाँको दरले भुक्तानी गर्नु पर्ने हुन्छ ।

यस्ता छन् फिचर
बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
पल्सर एन २५० को लम्वाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ह्वीलवेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
उत्कृष्ट ब्रेकिङको लागि पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । साथमा रहेको डबल च्यानल एबीएसले यसलाई सुरक्षित बनाएको छ ।
आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक्स मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।

युवा पुस्तामैत्री निर्माण गरिएको मोटरसाइकलको फ्रन्ट लुक्स निकै बोल्ड छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फ्युल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।


