मोटरसाइकल आयात घट्दै, नेपालमै बनाउने अनएसेम्वल भने बढ्यो

काठमाडौं । आव २०७९/८० को तीन महिनामा मोटरसाइकल तथा स्कुटरको आयातमा ब्यापक गिरावट आएको छ । बजारमा तरलता अभावका कारण मोटरसाइकल तथा स्कुटरको विक्रीमा गिरावट आएसँगै आयातसमेत घटेको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा १० हजार ४६७ यूनिट मात्र मोटरसाइकल तथा स्कुटर आयात भएको देखिन्छ । तर, पहिलो चैमासको आयात भने ५२ हजार १७१ यूनिट दुई पाङ्ग्रे सवारीसाधन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

चाडपर्वको समयमा समेत मोटरसाइकल तथा स्कुटरको ब्यापार खस्केसँगै मोटरसाइकल आयातमा कमी भएको विक्रेताहरुको भनाई छ । त्योसँगै सरकारले लगाएको प्रतिबन्धका कारण यामाहा, हिरो, होन्डा लगायतका ब्रान्डले १५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयातको लागि नयाँ एलसी खोल्न पाएका छैनन् ।

अहिले बजाज, टीभीएस लगायतका केही ब्रान्डले मात्रै १५० सीसी माथिका अनएसेम्वल मोटरसाइल आयात गर्दै आएका छन् ।

बजारमा मोटरसाइकलको विक्रीमा ५० प्रतिशन्तभन्दा बढिले गिरावट आएको कम्पनीहरु बताउँछन् ।

चालु आवको असोज महिनामा मात्रै १३ हजार ४६ यूनिट अनएसेम्वल अवस्थाका मोटरसाइकल नेपाल आएका छन् । अघिल्लो दुई महिनामा १६ हजार ९२९ यूनिट अनएसेम्वल अवस्थामा मोटरसाइकल नेपाल आएकोमा असोजमा निकै बढेको हो ।


Back_to_top