रोयल इनफिल्डका ६ नयाँ मोटरसाइकल बजारमा आउँदै

काठमाडौं प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले धरै नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले निकट भविस्यमा नै ६ मोडलका नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको हो ।

चेन्नाईमा उत्पादन प्लान्ट रहेको रोयल इनफिल्ड ब्रिटिस डिएनए भएको मोटरसाइकल ब्राण्ड हो । कम्पनीले ३५० सीसी र ६५० सीसी सेग्मेन्टमा ६ नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

कम्पनीले बजारमा ल्याउन लागेको सबै मोडल नयाँ प्लेटफर्ममा उत्पादन हुने छन् । नयाँ मोडल बजारमा आएसँगै प्रिमियम सेग्मेन्टमा रोयल इनफिल्डको उपस्थिति झन् बलियो हुनेछ ।

१. बुलेट ३५०

‘जे प्लेटफर्म’मा आधारित नयाँ बुलेट ३५० सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ । यो मोटरसाइकल क्लासीक ३५० मा आधारित डिजाइनमा नै आउने छ । साथै, यसको डिजाइन एलिमेन्ट भने केही परिर्वतन हुने अनुमान गरिएको छ ।

२. हिमालयन ४५०

कम्पनीले हिमालयन ४५० बजारमा ल्याउने तयारी अन्तिम चरण पुर्याएको छ । यस अघि पनि हिमालयन ४५० बजारमा उपलब्ध थियो । पहिलेको तुलनामा नयाँ हिमालयन ४५० थप पावरफुल हुने छ । कम्पनीले हाल बजारमा ल्याएको मोडलमा ४११ सीसीको इन्जिन रहेको छ भने, नयाँ मोडलमा ४५० सीसी क्षमातको लिक्वीड कुल्ड इन्जिन हुने अनुमान गरिएको छ ।

३. स्क्रयाम ४५०

स्क्रयाम ४५० हिमालयनको नेकेड भर्सनको रुपमा आउने छ । यो मोडल अलोय ह्वीलको साथ सार्वजनिक हुने अनुमान गरिएको छ । यो मोटरसाइकलमा यूएसडी फर्कको सट्टा टेलिस्कोपीक सस्पेन्सन हुनेछ ।

४. सुपर मेटीअर

कम्पनीले फ्ल्याशिभ क्रुजर मोटरसाइकल सेग्मेन्टका सुपर मेटीअर ६५० ल्याउने भएको हो । यो मोटरसाइकलमा राइडिङ ट्राएंगल फवार्ड फुटपेग, अप राइट पोजिशनको ह्यान्डलबार रहने छ ।

५. सटगन ६५०

कम्पनीले बब्बर डिजाइनमा एसजी ६५० मोटरसाइकलको कन्सेप्ट मोडल सार्वजनिक गरेको थियो । यसको प्रोडक्सन नाम सटगन ६५० राखेर बजारमा ल्याउने तयारी गरेको हो । यो सुपर मेटीअर कै प्लेटर्फममा निर्माण हुनेछ । यसमा सिंगल सिट उपलब्ध हुनेछ ।

६. स्क्रयाम्वलर ६५०

६५० सीसी सेग्मेन्टमा कम्पनीले नयाँ स्क्रयाम्वलर मोटरसाइकलको परिक्षण गरेको भारतको चेन्नाइमा देखिएको थियो । यसमा स्पोक ह्वील, सिंगल पिस सिट, सिंगल पिस एक्जष्ट दिइएको छ ।


Back_to_top