सिप्रदीको टाटा प्रोटेक्टमा थपियो सेवा र सुविधा

काठमाडौं । टाटाका सम्पूर्ण कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा दिन सन् २०१९ बाट सुरु भएको ‘टाटा प्रोटेक्ट’मा सेवा र सुविधाहरु थप भएका छन् ।

टाटाले गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उद्देश्यले सुरु गरेको यो सेवा नेपालमा पनि टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्गले ल्याएकोे हो ।
कम्पनीले आज एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको छ । त्यस अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी विक्री गर्नुको अतिरिक्त हाम्रो प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यकता पहिचान गरी उत्कृष्ट विक्रीपछिको सेवा दिनु रहेको बताए ।

त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल विजनेसका अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा बृद्धि भएको जानकारी दिए ।

टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।

मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् । यसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरीएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मि सम्मको वारेन्टी सुविधा रहेको छ ।

एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको ब्यवस्था कंपनीले गर्नेछ । टाटा जिप्पि अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेको छ ।

ग्राहकहरुको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ, जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूती प्रदान गर्दछ । टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित विमा दावि सुविधाहरु पनि रहेको छ ।

टाटा अलर्ट अन्तर्गत कम्पनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ । र, वी केयेर सेवा अन्तर्गत वर्कशपमा गाडी बनाउँदा ग्राहकले अपेक्ष गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई समाधान प्रदान गर्ने व्यवस्था रहेको छ ।


Back_to_top