नयाँ इन्जिनमा नेपाल आयो ‘एनएस २००’, यस्तो छ मूल्य

काठमाडौं । बजाजको सर्वाधिक सफल मध्येको एक मोटरसाइकल एनएस २०० नयाँ इन्जिनमा आएको नेपाल आएको छ । बजाजले बीएस ६ इन्जिनमा पल्सर एनएस २०० नेपाल ल्याएको हो ।

बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले ४ लाख ४ हजार ९०० रुपैयाँ तोकेर बीएस ६ इन्जिन भएको एनएस २०० विक्री सुरु गरेको हो ।

बजाजले नयाँ इन्जिनमा ल्याएको एनएस २०० को पावर पहिलेको तुलनामा बढेको छ । कम्पनीले यसमा १९९.५ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २४.५ पीएस पावर तथा १८.७४ एनएम पीक टर्क प्रदान गर्छ । यो पावर पहिलेभन्दा १ पीएसले बढी हो ।

त्यस्तै, एनएस २०० को दुबै चक्कामा डिस्क ब्रेक, ६ स्पीड गियरबक्स, स्टीफ पेरिमिटर फ्रेम, १७ इन्चको अलोय ह्वील, १२ लिटर क्षमताको इन्धन ट्याङ्की, सिंगल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top