काठमाडौं । नेपाल बिद्युत प्राधिकरण इन्जिनियरीङ कम्पनीले विद्युतीय सवारीसाधनलाई प्रमोट गर्ने गरी ४ वटा नयाँ इलेक्ट्रीक कार किनेको छ ।
कम्पनीले विद्युतीय कारको प्रयोगलाई सरकारले नै बढवादिने नीति श्वेतपत्रमार्फत सार्वजनिक गरेकाले उक्त सरकारी निर्णय कार्यन्वयनमा सहयोग पुर्याउन इलेक्ट्रीक कार खरिद गरिएको जानकारी दिएको छ ।
‘अब इलेक्ट्रीक सवारीसाधनको प्रयोग गर्ने समय आईसकेको छ त्यसैले हामीले पहिलो चरमा ४ वटा इलेक्ट्रीक कार किनेर यसको पर्फमेन्स हेरिरहेका छौं’ कम्पनीका सीईओ हितेन्द्र शाक्यले मेरोअटोसँग भने ।
उनकाअनुसार कम्पनीले नेपाली बजारमा उपलब्ध रहेका महिन्द्रा, बीवाईडी र कियाको कार किनेको छ । जसमा महिन्द्रा इटुव २ यूनिट रहेको छ भने, बीवाईडी र किया सोल एक–एक यूनिट खरिद गरेको छ ।
उपत्यकामा र सहरी बाटोमा इलेक्ट्रीक कारको पर्फमेन्ससँग सन्तुष्ट भएको बताउने शाक्यले भने कच्चीबाटोमा भने इलेक्ट्रीक कार चलाउन अलि कठिन भएको उनले सुनाए ।
तीनवटै कारका विशेषता
महिन्द्रा ‘इटुओ प्लस’

अहिले नेपाली बजारमा महिन्द्राको ‘इटुओ प्लस’ २८ लाख रुपैयाँमा बिक्री गरिरहेको छ । रातो, निलो र सिल्भर ३ कलर भेरियन्टमा उपलब्ध यो कार निकै ठुला उकालोमा समेत राम्रोसँग चल्न सक्छ ।
यसमा प्रयोग भएको लिथियम-आयन ब्याट्री ५ देखि ६ घण्टामा फूल चार्ज हुने र फूल चार्ज भएपछि १४० किलोमिटरसम्म चल्ने कम्पनीले जनाएको छ । यसमा एयर ब्याग लगाएतको सेफ्टी फिर्चस छन् भने अधिकतम शक्ति ४१ बिएचपीमा ३५०० आरएमपी र अधितम टर्क ९१ एनएममा २५०० आएमपी उत्पन्न गर्छ ।
‘बीवाइडी इ सिक्स’

गत वर्षदेखि नेपालमा पनि भइरहेको बीवाईडीका कार नेपाली बजारमा सिमेक्स प्रालिले बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले नेपालमा ‘बीवाइडी इ सिक्स’ कार बिक्री गरिरहेको छ ।
एक पटक चार्ज गरेपछि चार सय किलोमिटर ड्राइभिङ गर्न मिल्ने यो कारको अधिकतम गति प्रतिघण्टा एक सय ४० किलोमिटर रहने छ । यो गडीको मूल्य ६६ लाख रुपैयाँ रहेको छ । भने ३०० किलोमिटर गुड्नेको ५० लाख रुपैयाँ पर्ने छ ।
यसमा रहेको इन्जन ८० किलोवाट आइरन फोस्फेट ब्याट्री रहेको छ भने, यसले अधिकतम पावर ९० किलोवाट र टर्क ४५० एनएम उत्पादन गर्छ ।
किया ‘सोल इभी’

कोरियाली अटो कम्पनी कियाको विद्युतीय कार ‘सोल इभी’ नेपालमा बिक्री वितरण हुँदै आएको छ । उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली रहेको र एक पटक फुल चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।
कारमा लिथियम आयान पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । धेरै कुद्ने भए पनि यसको व्याट्री चार्ज गर्न चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा र कार किन्दा ग्राहकलाई दिइने एसिलो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । यो कारको मूल्य क्रमशः ५६ र ५८ लाख रुपैयाँ छ ।

