काठमाडाैं । हरेक वर्ष नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले अयोजना गर्ने नाडा अटो शाे २०१८ यसवर्ष यही भदौ २६ गतेबाट काठमाडौंको भृकुटी मन्डपमा आयोजना हुन गइरहेको छ ।
यस्तोमा पछिल्लो दिनमा बजारमा एसयूभीको चर्चा निकै बढ्दै गएको छ । हामीले यस रिपोर्टमा ५० लाख रुपैयाँ भन्दा माथीका केही एसयूभीको बीचमा हुने कडा प्रतिस्पर्धा अटो शोमा देखिने अनुमान गरेका छौं ।
जीप कम्पास

अमेरिकन ब्रान्ड जीप कम्पास नेपाली बजारमा नाडा अटोशोमा मुख्य आर्कषण नबन्ला भन्न सकिदैन । कम्पास १.४ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध रहेको छ । दुवै इन्जिन अप्सनमा ६–स्पिडको म्यानुअल ट्रान्समिसन छ । पेट्रोल इन्जिनमा अटोमेटिक ७–स्पिड डुअल क्लच ट्रान्समिसन पनि रोज्न सक्नु हुन्छ ।
अन्य जीप सम्बन्धीको जानकारी यहाँ हेर्न सक्नु हुनेछ ।
फिचरको मामिलामा पनि कम्पास ‘वेल–लोडेड’ छ । यसको टप एन्ड भेरियन्टमा ६ एयरब्याग, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’सहितको फोर ह्विल ड्राइभ सिस्टम जस्ता फिचरको लामो सूची छ, जसले ग्राहकलाई आर्कषित गर्ने छ । जीपकाे नेपाली बजारमा मूल्य ६८ लाख ५० हजारदेखि ९६ लाख ५० हजारसम्म रािखएकाे छ ।
क्रेटा फेसलिफ्ट

नेपाली बजारमा मन पराईएको क्रेटाको फेसलिफ्ट मोडलमा अझ नयाँ परिवर्तन गरिएको छ । यसमा भएको परिवर्तन बाहिरबाटै यसको फ्रन्टग्रिलमा देख्न सकिन्छ जुन पहिलाको भन्दा ठूलो बनाईएको छ । साथै, स्टिल क्रोमले यसलाई अझ एग्रेसिभ बनाएको छ ।
क्रेटामा १.६ लिटर डिउल भीटीभीटी फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १२१ बीएचपी पावर र १५४ एनएम टर्क उत्पादन गर्छ ।
अन्य क्रेटा सम्बन्धीको जानकारी यहाँ हेर्न सक्नु हुनेछ ।
यसको बम्पर पहिलाको मोडल भन्दा फरक छ भने, डियुल टोन कलरको प्रयोगले यसलाई अझ स्पोर्टी बनाएको छ । यसमा प्रोजेक्टर हेडलाईटको प्रयोग भएको छ । फगल्याम्प युनिट पनि नयाँ डिजाइन गरिएको छ । एलइडी डेटाइम रनिङ्गलाईटको प्रयोग हेडल्याम्पमा नभई फगल्याम्पसँग राखिएको छ । नयाँ डिजाइनको १७ इन्चको डायमण्ड कट एलोय ह्वीको प्रयोग गरिएको छ ।
यसमा स्टेरिङ्ग एडजस्टमेन्ट अफ्सन पनि रहेको छ, जसले आफूूलाई कर्फटेवल हुने हाइटमा स्टेरिङ्ग एडजस्ट गर्न सकिन्छ भने क्रुज कन्ट्रोल फिचर पनि एसमा थपिएको छ । यसमा रहेको इन्फोटेन्मेन्ट सिस्टम पनि अपडेट भएको छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । यसकाे नेपाली बजारमा मूल्य ४२ लाख ५६ हजारदेखि ५८ लाख ५६ हजारसम्म रहेकाे छ ।
महिन्द्राको एक्युभी ५००

पहिलाको एक्सयुभी ५०० भन्दा फरक सिक्स जनरेसन इलेक्ट्रोनिकल्ली कन्ट्रोल भेरायवल टर्वोचार्ज्ड ४ सिलीण्डरको एमहक १५५ डिजल इन्जीनको प्रयोग गरिएको छ । जसले १५५ बिएचपी पावर ३६० एनएम टर्क उत्पादन गर्छ जुन पहिलाको भन्दा १५ विएचपी पावर तथा ३० एनएम टर्क बडि रहेको छ । यसमा सिक्स स्पिडको म्यानुअल तथा अटोमेटिक ट्रासमिसन रहेको छ ।
अन्य एक्सयूभी ५०० सम्बन्धीको जानकारी यहाँ हेर्न सक्नु हुनेछ ।
यसको एक्टेरियरमा अगाडिको भागमा ठूलो ग्रिल दिइएको छ जसमा वरिपरि तथा विच धेरै भागमा क्रोम लगाइएको छ । यसको हेडलाईटमा ठूलो प्रोजेक्टर हेडल्याम्प रहेको छ साथै सब भन्दा माथि एलईडि डेटाईम रनिङ्ग लाईट दिईएको छ । यसको टप भेरिएन्टमा १८ इन्चको डाइमण्ड कलटाईपको एलोय ह्विल रहेको छ । यसको टेलल्याम्पमा पनि परिवर्तन गरिएको छ । पहिलाको एक्सयुभीमा भर्टिकल टेलल्याम्प रहेको थियो भने यसमा बक्स टाईप टेलल्याम्प दिइएको छ । यसको बम्पर र रुफस्पोइलरमा पनि परिवर्तन गरिएको छ ।
यसको सिटमा लेदर सिट कभर रहेको छ । पुस स्टार्ट स्टपको वटम सुविधा रहेको यसको सेन्टर कन्सोलमा पियानो ब्ल्याक फिनीससिङ्ग सहित ७ इन्चको टचस्किृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ जुन जीपीएस, अडियो भिडियो युएसबी र व्लुतुथ सपोर्ट सहितको छ । यसमा इलेक्ट्रिक सनरुफ तथा रियर पार्किङ्ग क्यामरा पनि रहेको छ । यसको हेडल्याम्प र वाईपर अटोमेटिक रहेको छ । सुरक्षाको लागि ६ वटा एयरव्याग इबिडि, एबीएस, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, क्लासमा पहिलो पटक इमर्जेन्सी कल तथा सबै चक्कामा डिसब्रेक लगाईएको छ । यसको नेपाली बजारमा मूल्य ६१ लाख ८० हजारदेखि ८४ लाख ९५ हजारसम्म रहेको छ ।
एमजी जिएस

मोरिस ग्यारेज (एमजी) ९४ वर्ष पुरानो बेलायती कार निर्माता कम्पनी हो । सिकिल किम्बर र विलियम मोरिसले स्थापना गरेको यो बेलायती स्पोर्ट कार उत्पादक कम्पनीले यसबीचमा धेरै मालिकहरू परिवर्तन गरे पनि आफ्नो स्ट्याण्डर्डमा कुनै सम्झौता गरेको छैन ।
एमजी जिएस उत्कृष्ट फुल अप्सन एसयुभी हो । यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्मका फिचर रहेको छ । जीएस २.० लिटर इन्जिन, टर्बो फोर सिलिन्डरमा उपलब्ध रहेको छ । यो कारले ५३०० आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ ।
यो कारमा अल ह्वील ड्राइभ सुविधा रहेको छ । यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने, यसको लम्बाई ४५०० एमएम रहेको छ । यसको नेपाली बजारमा मूल्य ५४ लाख ९० हजारदेखि ७४ लाख ५० हजारसम्म रहेको छ ।


