२०२३ मोडल अपाचे आरटीआर १६० फोर भीको विक्री सुरु, यस्ता छन् नयाँ फिचर

काठमाडौं । टीभएस मोटर्सले अपाचे आरटीआर १६० फोर भीको २०२३ मोडल सार्वजनिक गरेको छ । कम्पनीले केहि समय अगाडि ल्याएको स्पेशल एडिशन मोटरसाइकलमा सामान्य परिर्वतन गरेर २०२३ मोडल सार्वजनिक गरेको हो ।

२०२३ मोडलमा कम्पनीले एक केजी तौल कम गरेको छ भने नयाँ एक्जष्ट लगाएको छ । यसको २०२२ मोडलमा डबल ब्यारल एक्जष्ट रहेको छ भने २०२३ मोडलमा ‘बुलपप’ एक्जष्ट दिएको छ । एक्जष्टको डिजाइन पनि नयाँ देख्न सकिन्छ । यसको साउन्ड अझै उत्कृष्ट भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यसमा केही मेकानिकल परिर्वतन समेत गरेको छ । टीभीएसले यसमा केही नयाँ ‘फ्रस्ट इन सेग्मेन्ट’ फिचर थप गरेर ल्याएको हो । स्पेशल एडिशन मोटरसाइकल म्याट ब्ल्याक र पर्ल ह्वाइट कलरमा उपलब्ध रहेको छ ।

यो मोटरसाइकलमा पुरानै इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा १५९.७ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड, फोर भी इन्जिन रहेको छ । यो इन्जिनले १७.३० बीएच पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले १६० फोर भीमा तीन राइडिङ मोड दिएको छ । यसमा अर्वन, स्पोर्टस र रेन मोड उपलब्ध छ । यसको टप स्पीड ११४ किलोमिटर रहेको छ ।

कम्पनीले स्पेशल एडिशनमा कालो र रातो कलरको अलोय ह्वील दिएको छ । त्यस्तै, यसको सिट डवल टोन कलरको रहेको छ । कम्पनीले पहिलो पटक १६० सीसी मोटरसाइकलमा एडजष्टएवल ब्रेक तथा क्लच लिभर दिएको छ ।

१ लाख ३० हजार भारतीय रुपैयाँ निर्धारण गरेर २०२३ मोडल अपाचे आरटीआर १६० फोर भीको विक्री सुरु भएको छ ।


Back_to_top