काठमाडौं । जीप कम्पाससँगै बहुचर्चित जीप र्याङलर सिआरडी अनलिमिटेड पनि नेपाली बजारमा प्रबेश गरेको छ । जीप कम्पासको आधिकारीक लञ्च नहुँदै जीपको र्याङलरपनि नेपाली बजारमा आएको हो ।
फियात क्रिस्लरको विश्व चर्चित अफरोड जीप र्याङलर खराब बाटोको उत्कृष्ट एसयूभीको रुपमा लिने गरिन्छ । यसको प्रयोग निकै कठिन बाटोको यात्रामा प्रयोग गर्ने गरिएको छ ।
र्याङलर नेपाल आइसकेको छ । यसलाई नेपाली बजारमा एमएडब्ल्यु लाईफले ल्याएको हो । आगामी हप्ता सेप्टेम्बर ९ मा मिडिया लञ्चको तयारी गरिरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।
यो पनि पढ्नुस् : नेपाल आयो जीप कम्पास, यस्तो छ १० भेरिएन्टको मूल्यसूची
‘जीप कम्पाससँगै जीपको चर्चित र्याङलर पनि नेपाल आएको छ । यसलाई कम्पनीलले नाडा अटो शोमा प्रर्दशनीमा राख्ने छ’ एमएडब्लु लाइफ स्रोतले भन्यो ।
यो पनि पढ्नुस् : चर्चित जीप कम्पास केही दिनमै नेपाली बजारमा, यस्ता छन् विशेषता
यस वर्षको नाडा अटो शोमा कम्पनीले जीप कम्पास र जीप र्याङलरलाई शोकेस गर्ने छ । नयाँ आएको र्याङलरकमा २७९९ सीसी क्षमताको डिजल इन्जिन दिइएको छ । यसमा रहेको २.८ लिटर ४ सिलिन्डर टर्बोचार्ज्ड डिजल इन्जिनले १९७ बीएचपी पावर जेनेरेट गर्ने छ भने ४६० एमएन टर्क उत्पादन गर्छ । अफरोडमा यो गाडी अझै बढी पर्फमेन्स गर्न सक्ने क्षमता राख्छ ।
यो पनि पढ्नुस् : यसरी बन्दैछ जीपको शोरुम, यही महिना ‘कम्पास’ नेपाल आउने (फोटो-फिचर)
४ डब्लुडी ड्राइभिङ सिस्टम भएको यो अफरोड गाडीमा ५ स्पीड अटोमेटिक गियर बक्स दिइएको छ । यो गाडीले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन १०.७ सेकेन्ड मात्र लगाउने छ । यसको डायमेन्सन लम्बाई ४७५१ एमएम रहेको छ भने, उचाई १८४० एमएम रहेको छ । कुल २५८५ केजी तौल रहेको यो गाडीको ह्वीलवेस २९४७ एमएम रहेको छ ।
नेपाली बजारमा अहिल्यै यसको मूल्य निर्धारण भएको छैन । तर, बेलायती बजारमा यसको मूल्य ३७ हजार ५०० पाउन्ड रहेको छ, भने भारतीय बजारमा यसको मूल्य ६५ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ ।

