टोयोटाले आफ्नाे चर्चित मोडल इनोभा क्रिस्टा, इनोवा क्रिस्टा टुअरिङ्ग स्पोर्ट र फर्चूनरलाई अपग्रेड गरेको छ । कम्पनीले यी कारमा नयाँ सुविधा तथा विशेषता थप गरेको छ ।
तीनै मोडलमा एमर्जेन्सी ब्रेक सिग्नल, रियर फग ल्याम्प, फ्रन्ट एलईडी फग ल्याम्प र एन्टी थेफ्ट अलार्मको साथमा ब्रेक र अल्ट्रासोनिक सेन्सर स्ट्यान्डर्ड लगाएको छ । यसको अलावा इनोभा क्रिस्टा र टुअरिङ्ग स्पोर्टमा टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेरिङ्ग माउन्टेड कन्ट्रोल, अडियो कन्ट्रोल, पावर फोल्डिङ ओआरभीएमएस, प्याडल ल्याम्प्स र स्पीड सेन्सेटिभ डोर लक अनलकको सिस्टम उपलब्ध छ ।
यस्तै, फर्चूनरमा पनि विभिन्न एडिशनल विशेषता दिइएको छ । यसमा प्यासेन्जर साइड पावर सिट, अल्ट्रासोनिक सेन्सरकासाथै एन्टीथेफ्ट अलार्म, एमरजेन्सी ब्रेक सिग्नल, रियरफग ल्याम्प र रियर–भ्यू मिरर दिइएको छ । यसको अलवा तीनवटै कारको मेकानिकल पार्टमा परिमार्जन गरिएको छ ।
इनोवा क्रिस्टा र फर्चूनरमा २,६९४ सीसी क्षमताको इञ्जिन लगाइएको छ । यसले १६३ बीएचपी पावरकासाथै २४५ एनएम टर्क उत्पादन गर्छ । दुबै गाडीको इञ्जिनमा पाँच स्पीड म्यानूअल र ६ स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ ।
नेपाली बजारमा इनोभा र फर्चुनर दुबै गाडीको बिक्री वितरण हुँदै आइरहेको छ । टोयोटाको लागि नेपालको आधिकारीक विक्रेता बैद्ययज् अर्गनाइजेशन अन्तर्गतको यूनाईटेड ट्रेर्डस सिन्डिकेट प्रालिले बिक्री वितरण गर्दै आइरहेको छ ।


