हुन्डाईको नयाँ एसयूभी क्यारोलिनोमा यस्ता हुनेछन्, विशेषता

हुन्डाई मोटर्सको नयाँ कम्प्याक्ट एसयूभी क्यारोलिनो आगामी वर्ष सार्वजनिक हुने भएको छ । यो नयाँ एसयूभीमा कम्पनीले ब्रान्ड न्यु १.५ लिटर डिजल इन्जिन दिएको छ । जसलाई किया ट्रेजर र टुस्करले समेत प्रयोग गर्दैछन् ।

नयाँ १.५ लिटर ४ सलिन्डरयुक्त इन्जिन भारतीय इमिसन मापदण्ड (बीएस–६) अनुसारको हुनेछ । साथै कम्पनीले सोही मापदन्ड अनुसारको पेट्रोल इन्जिनमा पनि ल्याउने छ । 

हुन्डाई क्यारोलिनो (क्यूएक्सआई) मा लगाइएको इन्जिनले ११५ बीएचपी पावरकासाथै २५० एनएम टर्क उत्पादन गर्नेछ । विभिन्न मिडिया रिपोर्टकाअनुसार यसमा १.६ लिटर सीआरडीआई डिजेल इन्जिन पनि दिनसक्ने अनुमान गरिएको छ । जुन अहिले क्रेटामा प्रयोग भइरहेको छ ।

पेट्रोल भर्सनमा आउने हुन्डाई क्यारोलिनोमा १.० लिटर थ्री–सिलिन्डर टी–जीडीआई टर्बोचाज्र्ड पेट्रोल इन्जिन दिइनेछ । यो इन्जिनलाई हुन्डाईले युरोपियन बजारमा बिक्री–वितरण हुने आई–२० मा लगाएको छ । १०० पीएस पावर जेनेरेट गर्ने उक्त इन्जिनले १७२ एनएम टर्क उत्पादन गर्छ । साथै, यसमा पाँच स्पीड म्यानूअल र सात स्पीड ड्यूल क्लच अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।

मिडिया रिपोर्टकाअनुसार हुन्डाईले २०१९ को अप्रिलमा आफ्नो नयाँ एसयूभी सार्वजनिक गर्ने जनाएको छ । अटोकार इन्डियाको रिपोर्टकाअनुसार भने हुन्डाई क्यूएक्सआई २०१९ को सेकेन्ड हाफमा सार्वजनिक हुने छ ।


Back_to_top