काठमाडौं । ससांरमा सर्वाधिक छिटो दौडने कारको रुपमा चिनिएको सुपर कार बुगाटी चिरोन सबैभन्दा महंगो मूल्यमा लिलामी विक्री भएको छ । कम्पनीले गरेको लिलाम विक्रीमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीमा विक्री भएर यसले विश्व रेकर्ड बनाएको हो ।
बुगाटीले पेट्रोल इन्जिनमा उत्पादन हुने आफ्नो अन्तिम यूनिटलाई लिलाम बढाबढमा विक्री गर्ने योजना मुताविक सुरुवाती मूल्य ९५ लाख डलर कायम गरेको थियो । धेरै मानिसले यसलाई किन्न इच्छा देखाएसँग लिलाम बढाबढमा यो सुपरकार विक्री गरिएको हो ।
यसलाई किन्न चाहनेले क्रमिक रुपमा बोलि लगाउँदै जाँदा १ करोड ७ लाख डलरमा किर्तिमानी रकम सहित यसको लिलामी सम्पन्न भएको हो । बुगाटीको ११४ साल पुरानो आफ्नो विरासत झल्काउने गरी तयार पार्रिको भिन्टेज लुक्सको चिरोन निकै आकर्षक देखिएको छ ।
सुपर कार भएको कारण कम्पनीले यसलाई विशेष प्रकृतिको मेटिरियल प्रयोग गरेर बनाएको हो । यसको तौल हलुका बनाउन कार्बन फाइबर मेटिरियल प्रयोग गरिएको कम्पनीको भनाई छ ।
बुगाटी चिरोन विश्वको सबैभन्दा छिटो कुद्ने लग्जरी लाइन स्पोर्टस सुपरकार हो । यो कारको रफ्तार ३७८ किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई १०० किलोमिटरको रफ्तारमा पुग्न केबल २.३ सेकेण्ड र २०० किमीको रफ्तारमा पुग्न ५.५ सेकेण्ड मात्रै लाग्छ ।
बुगाटीले अब कम्बस्चन इन्जिनमा चिरोन मोडल उत्पादन गर्ने छैन । कम्पनीले अब आफ्नो सम्पूर्ण ध्यान विद्युतीय सुपरकार उत्पादन हुने जनाएको छ ।


