काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कम्पनी कुजु नेपाल प्रालिले ‘याडिया एक्सचेन्ज मेला’ संचालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत कम्पनीले आफ्नो सम्पूर्ण मोडलमा ३० हजार नगद छुटका साथै एक्सचेन्ज सुविधा र कम इएमआइको व्यवस्था गरेको हो ।
याडियाले यो अफर सिमित अवधिका लागि मात्र रहेको जनाएको छ । यसमा ग्राहकहरूले आफ्नो कुनै पनि ब्राण्डका पुरानो मोटरसाइकल तथा स्कुटरमा याडियाको नयाँ इलेक्ट्रीक स्कुटरसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरको एक्सचेन्ज वा खरिदमा ३० हजार रुपैयाँको नगद छुटसँगै ६.९९ प्रतिशत ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्स दिने विज्ञप्तीमा उल्लेख गरेको छ ।
यो अफर सवारी एक्सचेन्ज नगर्ने ग्राहकको लागि पनि लागू हुने कम्पनीले जनाएको छ । पछिल्लो समय याडिया ब्राण्डका सी१ एस, जी५ र एस–लाइफ गरी ३ मोडलका इलेक्ट्रीक स्कुटरहरू नेपाली बजारमा उपलब्ध रहेका छन् ।


