बीवाइडी सिल भारतमा सार्वजनिक हुँदै, नेपाल पनि आउने

काठमाडौं । भारतमा पछिल्लो समय इ६ एमपीभी र एटो थ्री बिक्री वितरण गर्दै आएको बीवाइडीले नयाँ मोडल सिल सेडान सार्वजनिक गर्ने तयारी गरेको छ । बीवाइडी इन्डियाको आधिकारिक वेबसाइटमा सिल सेडान लिस्टङ गर्दै छिट्टै आउने संकेत दिएको हो ।

चीनमा उत्पादन हुने यस सिल सेडानमा कम्पनीले ६१.४ किलोवाट आवर र ८२.५ किलोवाट आवर गरि दुई ब्याट्री अप्सन दिएको छ । तर, भारतीय बजारका लागि कुन ब्याट्री प्याक अप्सन उपलब्ध हुने भन्ने बारे हालसम्म कुनै रिपोर्ट सार्वजनिक भएको छैन ।

सेडानको टप–स्पेक भर्सनलाई सिङ्गल चार्जमा ७०० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसले ३.८ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रति घण्टाको गतिमा गुड्छ ।

सेडानमा रहेको मोटर कन्फिगरेसनमा रियर ह्विल ड्राइभ अप्सनमा २०४ ब्रेक हर्स पावर प्रदान गर्छ र अल ह्विल ड्राइभ अप्सनमा ५३० ब्रेक हर्स पावर र ६७० एनएम टर्क उत्पादन गर्छ ।

यसको इन्टेरियरमा जायन्ट सेन्टर टचस्क्रिन र फराकिलो इन्स्ट्रुमेन्ट स्क्रिन दिइएको छ । यसमा टेस्लामा प्रयोग भए जस्तै विन्डस्क्रिन र रुफ छुट्टाछुट्टै पाउन सकिन्छ । बीवाईडी सिलमा नखुल्ने गरी जायन्ट ग्लास रुफ दिइएको छ । यसमा फ्लस डोर ह्यान्डल र स्मार्ट लुकिङ एलइडी टेल लाइट पाउन सकिन्छ ।

भारतमा यसको मूल्य ६० लाख रुपैयाँ हुने अनुमान गरिएको छ । यसले सार्वजनिक पछि भोल्भो एक्ससी४० रिचार्ज र किया इभी६ जीटि लाइनसँग प्रतिस्पर्धा गर्नेछ।

सिल सेडान नेपालमा पनि चाँडै आउने अनुमान गरिएको छ । बीवाइडीको सवारीसाधन नेपालमा साइमेक्स इंक प्रालिले आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top