नेपाल आउने भयो जीप मेरिडियन, यस्तो छ मूल्य

काठमाडौं । जीपले भारतमा उत्पादन गरेको नयाँ ७ सिट क्षमताको एसयूभी मेरियिन नेपाल आउने भएको छ । जीपको आधिकारीक वितरक एमएडब्लू लाइफले यसलाई चाँडै बजारमा ल्याउने तयारी गरेको हो ।

विशेषत प्रिमियम एसयूभीको रुपमा आउने जीप मेरिडियनको सीधा प्रतिस्पर्धा टोयोटा फच्र्युनरसँग हुनेछ । जीप ब्रान्ड आफ्नो बिल्ड क्वालिटीका लागि परिचित छ । जीपले भारतमा उत्पादन गरेको गाडी अस्ट्रेलिया, जापान र बेलायतजस्ता देशमा पनि निर्यात गर्दै आएको छ ।

जीपले विश्वका सबै बजारमा ‘वान कार’को नीति अपनाएको छ, जुन प्रशंसनीय छ । त्यसैले, जीपले सबै गाडीको गुणस्तर समान राख्छ ।

जीपले सम्झौता नगर्ने अर्को कुरा सुरक्षा हो । जीप मेरिडियनका सबै भेरियन्टमा उस्तै सेफ्टी फिचरहरु छन् । केही उल्लेखनीय फिचरमा ६ एअरब्याग, इलेक्ट्रोनीक्स पार्किङ ब्रेक, इलेक्ट्रोनीक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मनिटरिंग सिस्टम (टीपीएमएस) आदि हुन् ।

मेरिडियनमा ‘लेदर अपहोल्स्ट्रीय’, ‘सफ्ट टच मटेरियर’ र ‘लेदर ड्यासबोर्ड’ पाइनेछ । यसको ‘ब्ल्याक’ र ‘ब्राउन कम्बिनेसन’ले ‘स्पेशियल फिल’को अनुभुति दिनेछ ।

जीप मेरिडियनमा २.० लिटरको डिजेल इन्जिन छ । उक्त इन्जिनले १६७ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । मेरिडियन ६ स्पिड म्यानुअल र ९ स्पीड अटोमेटिक गरी दुई वटा ट्रान्समिसन अप्सनमा हुनेछ ।

मेरिडियनमा ‘भेन्टिलेटेड फ्रन्ट सिट’, ‘इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस फोन कनेक्टिभिटी’ सहितको १०.१ इन्च ‘इन्फोटेन्मेन्ट सिस्टम’, ‘वायरलेस चार्जिङ्ग’, ‘३६० डिग्री क्यामेरा’, ‘इलेक्ट्रीक टेल गेट’, १०.२५ इन्चको ‘डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’ र ‘ट्रिपल जोन क्लाइमेट कन्ट्रोल’ यसका विशेषता हुन् ।

जीप मेरिडियनमा ‘फोर बाई फोर सिस्टम’ पाउन सकिन्छ । यसमा ‘स्नो’ र ‘मड’ जस्ता ड्राइभ मोड छन् । साथै, यसमा ‘फोर ह्वील लो’ र ‘फोर ह्वील लक’ जस्ता अफरोड फिचर पाउन सकिन्छ ।

लाइफ अटोमोवाइलले मेरिडियनको एउटा मात्रै भेरियन्ट लिमिटेड (अप्सनल) उपलब्ध गराएको छ । यसको मूल्य १ करोड ८० लाख ९० हजार तोकिएको छ ।


Back_to_top