३ जापानी अटो कम्पनी मिलेर नयाँ स्पोर्टस् कार ल्याउँदै

सांकेतिक तस्वीर

काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटा, सुजुकी र डाइहट्सुले संयुक्त रूपमा स्पोर्टस कार उत्पादन गर्ने तयारी गरेका छन् ।

यो स्पोर्ट्स कारको हाल कुनै नामाकरण गरिएको छैन । टोयोटाको न्यू ग्लोबल आर्किटेक्चर प्लेटफर्ममा आधारीत रहेर निर्माण हुने उक्त स्पोर्टस् कारमा इन्जिन सुजुकीको प्रयोग हुनेछ भने अन्य डिजाइन एलिमेन्ट डाइहट्सुबाट लिइनेछ ।

हालसम्म यो कारको कुनै डिजाइन स्केच वा प्रोटोटाइप सार्वजनिक भएको छैन । तर, सार्वजनिक एक रिपोर्ट अनुसार यसमा सुजुकीको बुस्टर जेट इन्जिनमा आधारीत १.० लिटर थ्री सिलिन्डर टर्बो पेट्रोल इन्जिन हुने बताइएको छ । यसले १२० हर्स पावर र १९६ एनएम टर्क जेनेरेट गर्छ ।

नयाँ आउने स्पोर्टस् कारको लम्बाइ ४२०० एमएम, चौडाइ १७२० एमएम र उचाइ १२२० एमएम हुनेछ । यसको ह्वीलबेस २५५० एमएम लामो रहनेछ ।

सार्वजनिक पछि यो स्पोर्टस् कारले २०२४मा सार्वजनिक हुने माज्दा एमएक्स ५ र नेक्स्ट जेन एमएक्स ५ सँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top