भारतमा राइड सेयरिङ सेवामा प्रतिबन्ध, जबरजस्ती चलाए १ लाख जरिवाना

काठमाडौं । दिल्ली यातायात विभागले राइड सेयरिङ सेवा दिने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने भएको छ ।  विभागले दिल्ली न्यू नेशनल क्यापिटल रिजन  (एनसीआर)मा राइड सेयरिङ सेवा बन्द गराउने भएको हो ।

बाहन ऐन १९८८ का अनुसार दुईपांग्रे सवारीले व्यवसायिक उद्देश्यका लागि प्रयोग गरेर यात्रु बोक्न नपाइने निमय उल्लङ्घन गरेको भन्दै राइड सेयरिङ सेवा बन्द गराउने भएको हो ।

दुईपांग्रे सवारी सधानले गैरव्यवसायिक नम्बर प्लेटमा भाडाका यात्रुओसारपसार गर्ने गतिविधिमा संलग्न हुन नपाउने उल्लेख गरिएको ।

दिल्ली यातायात विभागका अनुसार र्यापिडो, उवर र ओलाले देशको राजधानीमा बाइक तथा स्कुटर भाडामा चलाएर ऐनको उलङ्घन गरेको भन्दै राइडिङ सेयरिङ कम्पनीहरूको सेवामा रोक लगाउने भएको छ । साथै, १ लाख भारतीय रुपैयाँ जरिवाना गर्ने बताइएको छ ।

यस्ता गतिविधिहरू तुरुन्तै रोकेर कारबाही र जरिवानाबाट बच्नका  यातायात विभागले सबैमा आग्रह समेत गरेको छ ।  नियम मिचेर सेवा संचालन गरेको पाइएमा चालकलाई   पहिलो पटक ५ हजार र दोस्रो पटक १० हजार भारुका साथै एक वर्ष जेल सजाय हुन सक्नेछ ।


Back_to_top